×

NMB BANK
NIC ASIA

काठमाडौं – विभिन्न देशमा रोजगारीका लागि भिसा लगाइदिने नाममा डेढ महिनामा ८३ जना व्यक्तिको ६ करोड ५१ लाख ६६ हजार रुपैयाँ ठगिएको उजुरी परेको छ ।

Muktinath Bank

वैदेशिक रोजगारीका क्रममा ठगी भएको भन्दै पीडितले वैदेशिक रोजगारी विभाग बुद्धनगरमा उजुरी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरिया, अमेरिका, क्यानडा, जापान, माल्टा लगायतका देशमा कामको लागि लैजाने भन्दै विभिन्न व्यक्तिमार्फत ठगिएको उजुरी विभागमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

दक्षिण कोरिया कामदार लैजान सरकारीस्तरमा छुट्टै ईपीएस प्रणाली छ तर वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म दक्षिण कोरिया कामको लागि लैजाने नाममा ५ जना व्यक्ति ठगिएका छन् । पीडित व्यक्तिले आफूहरूले २८ लाख ५० हजार रुपैयाँ गुमाएकाले क्षतिपूर्ति दिलाइदिन विभागमा उजुरी दिएका छन् ।

Vianet communication

अमेरिका र जापान लैजाने आश्वासनमा ठगले मोटो रकम लिने गरेको भन्दै विभागमा पीडितले निवेदन दिएका छन् । अमेरिका जान एकै व्यक्तिले ८० लाख रुपैयाँसम्म बुझाएको उजुरीमा उल्लेख छ ।

ठगिएका व्यक्ति सोझै अदालत समेत जाने गरेका छन् । जुन तथ्यांक रोजगार विभागसँग छैन । ‘चालू आर्थिक वर्षमा मात्रै हालसम्म ६ सय ५७ जना व्यक्ति वैदेशिक रोजगारीमा लैजाने नाममा ठगिएको उजुरी परेको छ,’ विभागका निर्देशक भोलानाथ गुरागाईंले भने ।

दर्ता भएका उजुरीमध्ये १ सय २२ वटा उजुरी विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता गरेको छ भने ६९ वटा उजुरीको फरफारक गरेको छ । ‘संस्थागत रुपमा ठगिएको भन्ने निवेदनमाथि विभागले नै कारवाही गर्छ तर व्यक्तिमार्फत ठगिएको उजुरीलाई विभागले अनिवार्य प्रमाणको आधारमा दर्ता गर्ने र अनुसन्धान तथा मुद्दा शाखाका अधिकारीमार्फत वैदेशिक रोजगार न्यायाधीकरणको कार्यालयमा मुद्दा दर्ता गर्ने गरेको छ,’ निर्देशक गुरागाईंले भने । 

सरकारले म्यानपावरमार्फत कामको लागि जानसक्ने भन्दै १ सय ७२ वटा देशका लागि स्वीकृति दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

बैशाख ७, २०८१

​चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x