०८ असार २०८३, सोमबार

जापानी राजदूतद्वारा कृषि विश्वविद्यालयको निरीक्षण

जापानी राजदूतद्वारा कृषि विश्वविद्यालयको निरीक्षण

चितवन – नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् ।

राजदूत साइगोले विश्वविद्यालयको निमन्त्रणामा निरीक्षण एवं भेटघाट गरेका बिहीवार जारी विज्ञप्तिमा जनाइएको छ ।

 राजदूत साइगोले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, बीउ उत्पादन कार्यक्रमको निरीक्षण गरेका थिए । अनुगमन निरीक्षणपछि विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल, रजिस्ट्रार प्रा.डा. मनराज कोलाक्षपति, योजना निर्देशक प्रा.डा. अर्जुन श्रेष्ठ, डीन प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयमा भइरहेको शैक्षिक, अनुसन्धान तथा प्रसारप्रसारका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा भैंसीमा बेमौसमी समयमा गराइएको गर्भधारणको सफल परीक्षणका बारेमा प्रा.डा. भूमिनन्दन देवकोटाले राजदूत साइगोलाई जानकारी गराएका थिए । राजदूत साइगोले २ देशका विश्वविद्यालयबीच अझै प्रगाढ सम्बन्ध विस्तार गर्दै विज्ञान र प्रविधिको आदानप्रदान गरिने बताएका विज्ञप्तिमा उल्लेख छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर र जापानका चारबाट विश्वविद्यालयबीच यसअघि नै सम्झौता भई काम भइरहेको छ । 

कृषि तथा वनविज्ञान विश्वविद्यालयले जापानको यामागुची विश्वविद्यालय, टोकियो युनिर्भ्सिटी एग्री एण्ड टेक्नोलोजी, टोकियो एग्रीकल्चर युनिभर्सिटी र गिफु युनिभर्सिटीसँग सम्झौता गरी विद्यार्थी शिक्षक आदानप्रदान गर्दै आएको छ । नेपाल र जापानका विश्वविद्यालयबीच सन् १९९९ देखि नै सहकार्य हुँदै आएको उपकुलपति ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्