×

NMB BANK
NIC ASIA

मेयर बन्न काभ्रेमा नेताहरूको दौडधुप, यस्ता छन् सम्भावित अनुहार

कात्तिक २०, २०७४

NTC
Premier Steels
काभ्रेपलाञ्चोक, ११ चैत — सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय निकायको निर्वाचनको घोषणा गरेसँगै यत्तिखेर काभ्रेमा चुनावी जोडघटाउ शुरु भइसकेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा दलका नेता तथा कार्यकर्ता टिकटको लागि दौडधुपमा व्यस्त देखिएका छन् । चियापसल, तरकारीपसल तथा दूध डेरी लगायतका ठाउँहरूमा यत्तिखेर निर्वाचनमा को उठ्ने र कसले जित्ने भन्ने चर्चा हुने गरेको छ ।

दुई दशकसम्म जनप्रतिनिधिविहीन बन्नुपरेको पीडा भुल्दै यत्तिखेर गाउँगाउँमा चुनावी माहोल बनिरहेको नेकपा एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइवाले जानकारी दिए ।

यत्तिखेर दलका कार्यालयहरूमा टिकटका लागि दौडधुप शुरु भइसकेको छ । नयाँ संरचनाअनुसार निर्माण भएका गाउँपालिका र नगरपालिकामा दलले यत्तिखेर आफ्ना कार्यक्रम बढाएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलले चुनावी अभियान शुरु गरिसकेका छन् ।

नयाँ संरचनाअनुसार काभ्रेमा ७ गाउँपालिका, ६ नगरपालिकामा कुन दलका कुन नेताले टिकट पाउन सक्छन् भन्नेमै चर्चा केन्द्रित छ । निर्वाचनलाई सबै राजनीतिक दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका छन् । निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी भइरहेको जनाएको छ । काभ्रेमा नयाँ संरचनाअनुसार बनेका १३ वटा स्थानीय तहका लागि १ सय ३५ वडाका दुई लाख ३७ हजार मतदाताले १ सय ८९ मतदान स्थलमा मतदान गर्ने जिल्ला निर्वाचन कार्यलय काभ्रेका प्रमुख मधुकर पोखरेलले जानकारी दिए ।

जिल्लामा यसपटक चार मतदानस्थल थपिएका छन् भने विगतको निर्वाचनभन्दा यसपटक २९ हजार मतदाता थपिएका छन् । पोखरेलका अनुसार निर्वाचनबाट काभ्रेका विभिन्न पदका ७ सय ३३ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

काभ्रेमा बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्घ नगरपालिका गरी ६ वटा नगरपालिका छन् भने रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका, तिमाल गाउँपालिका, बेथान चोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका गरी ७ गाउँपालिका रहेका छन् ।

यस्ता छन् सम्भावित उम्मेदवार

बनेपा नगरपालिका

नेपाली कांग्रेसका तर्फबाट बनेपा नगरपालिकामा मेयर पदका लागि राम जोशी, योगेन्द्रनाथ कर्माचार्य, कृष्ण गोपाल भैल, रामहरि श्रेष्ठको नाम चर्चामा छ भने एमालेबाट हरिदेव गिरी, मुक्ति विष्ट, लक्ष्मी नरसिंह बादे, लम्बोदर कायस्थ, रघुबर प्रधान लगायतको नाम चर्चामा छ । माओवादी केन्द्रबाट तुल्सी नारायण श्रेष्ठ, झलक लामिछाने, गोपाल घिमिरे, रन्जित सिंह कपाली लगायतको नाम चर्चामा छ ।

त्यसैगरी बनेपामा व्यवसाय गरी चर्चामा रहेका शुरकृष्ण बैद्य पनि मेयरको दाबेदार भएको चर्चा छ । उनलाई मेयर पदमा उभ्याउनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू नै लागिपरेका छन् । राप्रपाले पनि बनेपामा उम्मेदवारी दिने बताएको छ ।

पनौती नगरपालिका

पनौती नगरपालिकामा मेयर पदका लागि कांग्रेसका तर्फबाट महेश पौड्यालको नाम अग्रस्थानमा छ । विगतमा पत्रकार महासंघ काभ्रेका अध्यक्ष समेत रहेका पौड्यालले पनौती नगरबाटे टिकट पाउने नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू बताउँछन् ।

उनीसँगै पनौती नगरमा नेपाली कांग्रेसका भोला थापा, केदार भण्डारी, रामशरण भण्डारी लगायतको नाम समेत चर्चामा छ । निर्वाचनको माहोल तातिरहँदा कांग्रेसका जिल्ला अध्यक्ष मधु आचार्य र पूर्वअध्यक्ष शिव हुमागाईंको गृहनगर पनौतीमा उम्मेदवारका आकांक्षीको संख्या धेरै छ ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट भीम न्यौपाने, वसुन्धरा हमगार्इं, अम्बुभवानी कार्की र सुरेश हमगाई, विश्वेश्वर बन्जाराको नाउँ चर्चामा छ । पार्टीका विश्वासिला र सर्वसाधरणमाझ लोकप्रिय रहेका भीम न्यैपाने निर्वाचनमा उठे एमालेबाट अरूको सम्भावना नरहेको एमाले जिल्ला स्रोत बताउँछ ।

माओवादी केन्द्रका तर्फबाट द्वारिकादास श्रेष्ठको नाउँ चर्चामा छ भने उनीसँगै जगनाथ गिरी र रामदास सुवालको नाउँ पनि चर्चामा छ ।

धुलिखेल नगरपालिका

धुलिखेलमा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि राजाराम गौतम, रमेश हुमागार्इं, समिर बेन्जु लगायतको नाउँ चर्चामा छ । गौतम युवापुस्ताका तर्फबाट चर्चित उम्मेदवार हुन् । त्यसैगरी नेकपा एमालेको तर्फबाट एमाले जिल्ला उपाध्यक्ष समेत रहेका अशोक ब्यान्जुको नाउँ सबैभन्दा बढी चर्चामा छ । ब्याजुसँगै रामकृष्ण हुमागाईं र टीकावल्लभ सापकोटाको नाउँसमेत चर्चामा छ । माओवादीबाट दिलसुन्दर श्रेष्ठ, पृथ्वीबहादुर थापा, सुवासकाजी श्रेष्ठ लगायतको नाउँ मेयरको उम्मेदवारको रूपमा चर्चामा छ ।

पाँचखाल नगरपालिका

पाँचखाल नगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट कुमार लामिछाने, सुन्दरमणि आचार्य, महेश खरेल, गणेश अधिकारी, सावित्री लामिछानेको नाम चर्चामा छ । यीमध्ये महेश खरेलको नाउँ सबैभन्दा बढी चर्चामा देखिन्छ ।

नेकपा एमालेबाट पाँचखालमा कञ्चन अधिकारी, रुद्घबहादुर बानियाँ र रवीन्द्र सिपखान, मानबहादुर तामाङ, पुष्कर ढकाल, शिवराज भेटवाल लगायतकोे चर्चा छ । यसमध्ये कन्चन अधिकारी चर्चाका हिसावले अघि छन् । माओवादी केन्द्रबाट दामोदर अधिकारी र हरि दुलाल, रमेश काफ्ले लगायतको नाउँ चर्चामा छ । यीमध्ये हरि दुलालको नाउँ सबैभन्दा अघि देखिएको छ ।

नमोबुद्घ नगरपालिका

नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसका कुन्सङ लामा, इन्द्रबहादुर दाहाल, दिनेश भुर्तेल लगायतको नाउँ मेयरको उम्मेदवारको रूपमा चर्चामा छ । एमालेबाट टीपी शर्मा, गोमा भुर्तेल र पूर्णप्रसाद पाण्डेको नाम चर्चामा छ ।
माओवादीबाट रत्न लामा, मिडु खनाल, हरि तिमल्सिना लगायतको नाउँ मेयर पदका लागि चर्चामा छ ।
प्रमुख तीन दलबीच नै मुख्य प्रतिस्पर्धा रहेको स्थानीय नेताहरू बताउँछन् ।

मन्डन देउपुर नगरपालिका

मन्डन देउपुर नगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट अच्युत पौड्याल, गोविन्द पराजुली, रामहरि सापकोटाको नाउँ अग्रपंक्तिमा छ भने एमालेबाट टोकबहादुर वाइवा, राधाकृष्ण बस्ताकोटी, कृष्ण कुमार श्रेष्ठ, निर्मला साहीको नाम चर्चामा छ । माओवादी केन्द्रबाट रिता ढकाल, विनोद ढकाल, ध्रुव काफ्ले, यदुनाथ गौतम लगायतको चर्चा छ ।

नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम लगायतका दलले पनि स्थानीय निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् । गाउँपालिकाहरूमा पनि चुनावी सरगर्मी बढेको छ । जिल्लाका दलहरू यत्तिखेर नगरपालिकामा आफ्नो वर्चस्व कायम राख्न बढी केन्द्रित भएको देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x