काठमाडौं– मनिषा पोखरेलको नृत्यमा तीज गीत 'युट्युबभरि हिट' सार्वजनिक भएको छ ।
पोखरेलको अभिनयमा केही दिन अगाडि मात्र 'युट्युबभरि हिट' सार्वजनिक भएको हो ।
गायिका टिका सानु, गायक उज्वल गिरी ‘दानविर’ र नन्दु परियारको आवाजमा रहेको उक्त गीतको शब्द उज्वल गिरी ‘दानबिर’ले नै लेखेका हुन् भने लय नन्दु परियारको हो ।
भिडियोमा मोडल मनिषा पोखरेललाई नृत्यमा उज्ज्वल, रामु र प्रतिमाले साथ दिएका छन् ।
विष्णु भट्टराईको निर्देशन तथा छायांकनमा तयार पारिएको भिडियोको सम्पादन पनि भट्टराई स्वयंले नै गरेका छन् ।
भिडियो हेर्नुहोस् :