काठमाडौं – बलिउडका महान् संगीतकार मोहम्मद जाहुर खय्याम हाशमीको सोमवार राति मुम्बईमा निधन भएको छ ।
खय्याम नामले प्रसिद्ध यी संगीतकारको हृदयघातका कारण मृत्यु भएको हो ।
पद्मभूषण प्राप्त खय्यामको फोक्सोमा संक्रमण भएको थियो र तीन हप्ताअघि अस्पतालमा भर्ना भएदेखि नै उनको स्वास्थ्यस्थिति गम्भीर थियो ।
९३ वर्षका खय्यामले कभी कभी, उमराव जान, नूरी, राजिया सुल्तान, बजार लगायतका फिल्ममा कालजयी संगीत दिएका थिए ।
खय्यामको अन्तिम संस्कार मंगलवार अपराह्नमा गरिनेछ ।
एजेन्सी