२२ असार २०८३, सोमबार

प्रदेश २ सरकारको अभियान: बेटीलाई स्कूल पठाउन साइकल वितरण

प्रदेश २ सरकारको अभियान: बेटीलाई स्कूल पठाउन साइकल वितरण

चितवन – सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ  बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् ।

प्रदेश नं २ को सरकारको यो महत्वपूर्ण  योजना ८ वटै जिल्लामा लागू गर्नाका साथै टाढाटाढा रहेका छात्रालाई विद्यालयमा  आकर्षित गर्न साइकल वितरण गर्न थालेपछि यो अभियानमाथि झन् सुनमा सुगन्ध थपिएको अभिभावकहरुको ठम्याइ  छ ।  छोरी पढाउँदा विवाहमा धेरै दाइजो दिनुपर्ने भनी छोरीलाई चुलोचौकामा सीमित राख्ने गरेका अभिभावक यो अभियान सञ्चालनमा आएपछि अहिले छोरीलाई पढाइतर्फ हौस्याउन थालेका छन् । 

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द्रलाल कर्णले भन्नुभयो,“साइकल वितरण हँुदा विद्यालयभन्दा टाढा रहेका छात्राको अध्ययनतर्फ आकर्षण बढ्नाका साथै  उनीहरुलाई विद्यालय आउन पनि सजिलो भएको छ ।

सोही अभियानलाई निरन्तरता दिन अहिले पुनःछात्राहरुलाई साइकल वितरण कार्यक्रम शुरु गरिएको छ । यसै क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाका ४०  छात्रा र  बारास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (मदर्शा) का ९२ छात्रालाई साइकल वितरण गरे ।

यसैगरी विश्रामपुर गाउँपालिकाले रु सात लाख मूल्य बराबरको साइकल कक्षा ८ र ९ का ९५  छात्रालाई वितरण गरेको उद्योगपति अजय प्रजापतिले बताए । 

प्रदेश नं– २ मा रहेको १३६ स्थानीय तहले यो अभियानलाई सार्थक पार्न प्रत्येक दिन साइकल वितरण कार्यक्रम गर्न थालेपछि विद्यालयभन्दा बाहिर रहेका छोरीहरुको विद्यालयप्रति आकर्षण बढ्दै गएकोे अभिभावक विजय पण्डितले बताए। 

salt training

कमेन्ट गर्नुहोस्