मंसिर २०, २०८०
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
भदौ १०, २०७६
बुटवल – ५ नम्बर प्रदेशको प्रदेश सभामा सांसदका लागि तलबभन्दा अन्य सेवा/सुविधा (भत्ता) मा धेरै रकम खर्च हुने गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशसभा सदस्यका लागि १ वर्षमा भत्तामा मात्रै ४ करोड ६४ लाख ३२ हजार ५ सय १९ रूपैयाँ खर्च भएको छ ।
यो रकम सभामुख, उपसभामुख र प्रदेशका मुख्यमन्त्री र मन्त्रीबाहेक ७९ जना सांसदहरूले मात्रै खर्च गरेका हुन् । ७९ जना सदस्यको तलबको लागि वार्षिक ४ करोड ५९ लाख ८० हजार रूपैयाँ खर्च हुने प्रदेशसभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिले जानकारी दिए ।
‘मासिक भत्तामा मात्रै ४ लाख ३२ हजार रूपैयाँ खर्च हुन्छ । वार्षिक भत्तामा ५१ लाख ९६ हजार रूपैयाँ जान्छ,’ उनले भने । ६ जना मन्त्रीको प्रदेश सरकारबाट र सभामुख र उपसभामुखको खर्चको व्यवस्था छुट्टै हुन्छ । सांसदले बैठक भत्ता १ हजार (समिति र सदनको) गाडी नहुनेलाई ५ सय गाडीभाडा, आवासको लागि मासिक १५ हजार, इन्धन मासिक १ सय ५० लिटर, मोबिल २० लिटर (वार्षिक), बिजुली/धारा १ हजार ५ सय, सञ्चार २ हजार, निजी सचिवालय बन्दोबस्तीको लागि १ हजार ७ सय ५०, अति विशिष्ट सत्कार ३ हजार रूपैयाँ पाउँदै आएका छन् ।
खर्चको अनुपात हेर्दा सांसदको मासिक तलबभन्दा अन्य सेवासुविधाबापत पाउने राज्यको बढी धनराशी सकिने गरेको देखिन्छ । सचिवालयका सहायक लेखापाल अनुज बस्यालका अनुसार विपक्षी दलका नेताको मासिक तलब ५० हजार, प्रमुख सचेतक, सत्तापक्ष/विपक्षी र समितिका सभापतिको मासिक तलब ४८ हजार छ ।
भ्रमणमा मात्रै ४३ लाख सकियो
प्रदेश सांसद र प्रदेशसभा सचिवालयका कर्मचारीले १ वर्षमै भ्रमणमा लाखौं रूपैयाँ खर्च गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशसभा सदस्य र कर्मचारीले घुमफिरमा मात्रै ४३ लाख ५९ हजार ९ सय ५६ रूपैयाँ भ्रमणमा सकेका छन् ।
सचिवालयका अधिकृत अग्रहरिले कति सांसद, कर्मचारी, सभामुख/उपसभामुख कुन/कुन ठाउँमा जाँदा कति खर्च भयो र कहाँ कहाँ घुमे भन्ने विवरण दिन चाहेनन् । अग्रहरिले भने, ‘१ वर्षको प्रदेश सभाका सांसद, कर्मचारी र सभामुख/उपसभामुखको भ्रमण खर्च ४३ लाख ५९ हजार हो । यहीँ दिन सक्छु अन्य सबै विवरण उपलब्ध गराउन सकिँदैन ।’
भ्रमणमा निस्किँदा सभामुख, उपसभामुखदेखि सांसदलाई भत्ता समेत हुन्छ । ‘सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार छ । उनीहरूको अन्य भत्तामा मात्रै मासिक ५८ हजार ७ सय ५० रूपैयाँ जान्छ,’ बस्यालले भने ।
यस्तो खर्च सबै सातै प्रदेशमा हुन्छ । यसरी राज्यको लाखौं रूपैयाँ भत्ता र अन्य सुविधा र भ्रमणमा खर्च हुँदा राज्यलाई धेरै आर्थिक भार पर्न जाने गरेको छ ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...