कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं – मःम काठमाडौंमा अधिकांशले रुचाउने खाजा हो । धेरैजसो खाजा पसलमा मःम पाइन्छ तर वसन्तपुर दरबार नजिकै रहेको एउटा खाजा पसलमा पाइने मःमको विशेष पहिचान छ ।
अधिकांश ठाउँमा १ प्लेट बफ मःमको ९० रुपैयाँ पर्छ, चिकेनको १४० र भेजको ८० रुपैयाँ तर वसन्तपुर दरबार नजिकैको यट्खामा मःम पसलमा ३० रुपैयाँमा नै १ प्लेट मःम पाइन्छ ।
यट्खामा मःम पसलमा बफ मःम पाइन्छ । टमाटरको अचार र खुर्सानीको चट्नी मःमसँगै पाइन्छ । काठमाडौं जस्तो महंगो शहरमा ३० रुपैयाँँमा नै १ प्लेट मःम बेच्न कसरी सम्भव भयो ?
‘पारिवारिक सहयोग विना केही कुरा सम्भव छैन र परिवार मिल्यो भने असम्भव पनि केही छैन,’ मःम पसले राकेश बलामीले भने । उनले मःम पसलमा कामदार राखेका छैनन्, घरकै मान्छेले मःम पसलको काम चलाउँछन् ।
‘बाहिरी कामदार नराखेकाले तलब खर्च बचाउँदा सस्तोमै मःम बेच्न सकिन्छ,’ उनले रहस्य खुलाए, ‘अन्य पसलमा कामदार राखेका हुन्छन्, कामदारलाई तलब खुवाउनुपर्छ, त्यसैले महंगो हुन्छ ।’
राकेशका बुवा बुद्धिबहादुर ५० वर्षअघि मकवानपुरको चित्लाङबाट काठमाडौं आएर होटलमा काम गर्थे । भागेर काठमाडौं आएका उनका बुुवाले होटलमा काम गर्दै कुकको काम पनि पनि सिके । परिवारका सबै सदस्य मिलेर १२ वर्षअघि मःम पसल खोलेका थिए ।
‘आजभन्दा १२ वर्षअघि ३ रुपैयाँमा मःम बेच्थ्यौं,’ विगत सम्झँदै बलामीले भने । पीठो र मासु महंगो भएसँगै मःमको मूल्य बढ्दै गएर अहिले १ प्लेटको ३० रुपैयाँ पुगेको छ ।
‘फाइदा–घाटाको कुरा नै नगर्नुस् न ! मःम बेचेर खान बस्नलाई पुगेको छ,’ बलामीले भने । पसलमा १ बजेभन्दा अगाडि नै मःमका लागि किमा बनाएर राख्ने गरिन्छ । १ बजेपछि मात्र पसलमा मःम पकाउने चहलपहल शुरू हुन्छ । ‘हामी बुवालाई पकाउन सघाउँछौ । उहाँले ग्राहकलाई मःम निकालेर दिनुहुन्छ,’ राकेशले भने ।
पसलको मासिक भाडा ६ हजार रुपैयाँ तिर्नुपरिरहेको उनले बताए । ‘धेरै त हुन्न, मःम बेचेर दैनिक ५–६ हजार रुपैयाँ कमाउने गरेका छौं,’ बलामीले भने, ‘अचार, मासु, पीठो र मरमसला किन्नु परिहाल्यो, ३० रुपैयाँमा मःम बेचेर कति नै नाफा हुन्छ र ?’
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...