कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडौं – सेवासुविधा वृद्धि लगायतका माग राख्दै आन्दोलित पशुपति आर्यघाटका कर्मचारीहरू काममा फर्किएका छन् ।
आन्दोलित कर्मचारीहरूको मागमा पशुपति क्षेत्र विकास कोषसँग सहमति भएपछि आन्दोलन रोकिएको हो ।
पशुपति आर्यघाटस्थित घाट सेवा केन्द्रका कर्मचारीहरूले कालो ब्यानर टाँगेर बुधवार बिहानदेखि आन्दोलन थालेका थिए ।
‘कामदारको माग पूरा नभएको हुँदा २०७६/०७/०६ गते बिहान ६ बजेदेखि माग पूरा नभएसम्म अनिश्चितकालसम्म शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरू सबै बन्द रहनेछ,’ ब्यानरमा लेखिएको थियो ।
पशुपति क्षेत्र विकास कोषसँगको सहमतिपछि कर्मचारीहरूको सेवासुविधा वृद्धि भएको छ ।
कर्मचारीहरूले अवकाशमा पाउने रकम वृद्धि भएको छ । ३ वर्ष काम गरेर अवकाश लिनेहरूले यसअघि ५० हजार पाउने गरेकोमा अब १ लाख ५० हजार पाउने भएका छन् ।
यसैगरी १० वर्ष काम गरेर अवकाश पाउनेहरूले ५ लाख रुपैयाँ पाउने सहमति भएको आन्दोलनकारीका तर्फबाट वार्तामा सहजीकरण गरेका काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश डंगोलले जानकारी दिए ।
दाहसंस्कारबापत कर्मचारीले यसअघि पाउँदै भत्ता पनि १२ सय रुपैयाँबाट बढेर १५ सय पुगेको छ । अब शवदाहबापत सेवाग्राहीले दिनुपर्ने शुल्क पनि बढेको छ ।
यसैगरी दाउरा र चपरीको मूल्य ४/४ सयबाट बढेर ६/६ सय पुगेको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...