०३ असार २०८३, बुधबार

अदालतमा प्रमाणका रूपमा देखाइयो रक्सीको बोतल, महराले गरे अस्वीकार

कात्तिक १५, २०७६
अदालतमा प्रमाणका रूपमा देखाइयो रक्सीको बोतल, महराले गरे अस्वीकार

काठमाडौँ -काठमाडौँ जिल्ला अदालतमा बयानका लागि लगिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनीको घरमा जाँदै नगएको बताएका छन् ।

शुक्रवार अपरान्ह अदालतमा भएको थुनछेक बहसका लागि बयान दिने क्रममा महराले आफू त्यो घरसम्म पुगेको तर कोठामा प्रवेश नगरेको बताएका हुन् ।

थुनछेक बहसमा सरकारी वकिलले चाहिँ हिमालय रिजर्भ रक्सी आधा भन्दा कम भएको बोतल, गिलास जस्ता देखिने केही भाँडा र घटनास्थलमा प्रहरीले फेला पारेका अन्य वस्तुहरू प्रमाणका रूपमा पेश गरेका थिए ।

यौन दुर्व्यवहारको आरोप लागेका महरामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्