
बुटवल - प्रदेश पाँचका नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले पदबहाली गरेका छन् ।
गत सोमबार प्रदेश प्रमुखमा नियुक्त प्रदेश प्रमुख यादव बुधबार कार्यालयमा आएर पदबहाली गरेका हुन् ।
नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार राष्ट्रपतिसमक्ष सफत ग्रहण गरेका थिए ।
नवनियुक्त प्रदेश प्रमुख यादव बुधबार अपरान्ह काठमाण्डौबाट प्रदेशको राजधानी बुटवल आइपुगेका थिए । उनलाई प्रदेश प्रमुख कार्यालयमा संक्षिप्त स्वागत कार्यक्रम समेत गरिएको थियो ।