काठमाडौं – बलिउड संगीतकार अनु मलिकलाई मीटूले पछ्याइरहेको छ ।
पोहोर साल अनु मलिकविरुद्ध गायिकाहरू सोना महापात्रा र श्वेता पण्डितले मीटू अभियान चलाएका थिए । दुवैले मलिकविरुद्ध यौन शोषणको आरोप लगाए । त्यतिखेर पनि मलिक इन्डियन आइडलका निर्णायक थिए । त्यतिखेर विवाद बढेपछि मलिक शोबाट निकालिएका थिए ।
अहिले उनी शोमा फर्किएका छन् । निर्माताहरूले विवाद शान्त भएको भन्ठानेर उनलाई पुनः भित्र्याएपछि फेरि विवाद उठेको छ ।
उनी फेरि पनि विवादमा परेपछि च्यानलले निकाल्ने सोच बनाइरहेको छ । तर यसको आधिकारिक पुष्टि भइसकेको छैन ।
अनु मलिकलाई हटाइयो भने उनको ठाउँमा कसलाई निर्णायक बनाइने भन्ने टुंगो लागेको छैन ।
एजेन्सी