कात्तिक २०, २०८०
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
एकताका बलिउडमा फिल्म खानहरूको कारणले चल्ने विश्वास गरिन्थ्यो । मानौ – साहरुख, सलमान र आमिर ‘हिट मेसिन’ नै थिए ।
त्यो समय यी ३ वटै खानले बलिउडमा एकपछि अर्को ‘बिग हिट’ दिए । जसले गर्दा निर्माता/निर्देशकबीच यी खानहरूलाई आफ्नो फिल्ममा खेलाउन होडबाजी नै चल्न थाल्यो । अफर हुन थाल्यो अविश्वसनीय पारिश्रमिक ।
साहरुखले उनको स्वर्णयुग मानिने अवधि सन् १९९५–२००८ को बीचमा डीडीएलजे, दिल तो पागल हैं, कुछ कुछ होता हैं, मोहबते, कभि खुशी कभि गम, देबदास, कल हो ना हो, वीर जारा, ओम शान्ति ओम, रब ने बना दि जोडी जस्ता दर्जनौं सुपरहिट फिल्म बलिउडलाई दिए ।
अर्काेतिर सन् २००८ पश्चात् साहरुखभन्दा आमिर र सलमानको सिक्का बलिउडमा चल्न थाल्यो । एकातिर आमिरले सन् २००८ पछि गजनी, थ्री इडियट्स, पीके, दंगल जस्ता रेकर्ड ब्रेकिङ फिल्म दिए भने अर्काेतिर सल्मानले विशेषगरी सन् २०१० पश्चात् दबंग, रेडी, बडीगार्ड, एक था टाईगर, किक, सुल्तान जस्ता हिट एक्सन मुभी दिए तर यी तीनै खानका पछिल्ला फिल्मले बक्स अफिसमा खासै कमाल गरिराखेको देखिन्न ।
यी तीनै खानमा यिनको थरबाहेक हाल अर्काे समानता पनि छ । त्यो हो – यिनीहरूको अन्तिम फिल्म फ्लप रहनु । साहरुखको जेरो, सलमानको भारत र आमिरको थग्स अफ हिन्दोस्तान निकै आशाका साथ ठूलो बजेटमा बनेका फिल्म हुन्, जसमध्ये कसैले पनि आशातित सफलता हात पार्न सकेनन् ।
समय सधै एकनास रहन्न । दर्शकको रोजाइ बदलिँदै जान्छ । सधैं पानीको फोहराले सर्ट उतारेर, २०/३० वटा भिलेनलाई हावामा उडाएर अनि २ हात खोल्दै रोमान्टिक गीत गाएर फिल्म चल्दैनन् भन्ने कुरा बिस्तारै प्रमाणित हुँदै गइराखेका छन् । नचाहिने ठाउँमा आईटम नम्बर आएपनि मन्त्रमुग्ध हुने दर्शकको संख्या घट्दै गएको छ, फिल्म सस्तो मनोरञ्जनले मात्र चल्दैनन् बरु सशक्त विषयवस्तु पनि चाहिन्छ भन्ने कुरा महसूस गर्न थालिएको छ बलिउडमा ।
पछिल्ला केही वर्षयता बलिउडमा एक्सन, रोमान्स वा कमेडी जनराभन्दा पनि सामाजिक विषयवस्तुमा आधारित फिल्मले राम्रो नतिजा दिइरहेका छन् – प्रशंसा र कमाइका हिसाबले । पछिल्लो २–३ वर्षयता बलिउडमा ठूलो बजेट, व्यानर र स्टारका फिल्मभन्दा सानो वा मध्यम बजेटका नयाँ कलाकारका सशक्त कथा एवं सामाजिक विषयवस्तुुलाई उठान गर्ने चलचित्र चल्न थालेका छन् । यो ट्रेन्डले बलिउडमा सुशान्त सिंह राजपुत, आयुष्मान खुराना, राजकुमार राव, बिकी कौशल जस्ता नयाँ प्रतिभाको उदय गरायो । जसको महारथीका रुपमा दर्शकमाझ देखिएका छन् – आयुष्मान खुराना ।
चण्डीगढको सामान्य घरको एक युवा जोसँग न एउटा नायकको जस्तो अनुहार नै छ, न त सुगठित शरीर तर पनि बलिउडमा पाइला टेक्न संघर्ष गर्छ र ७ वर्षको सानो करिअर मै ठूल्ठूला स्टारलाई कडा चुनौती मात्र दिँदैन, ‘हिट मशिन’को ट्याग पनि भिर्न सफल हुन्छ ।
आयुष्मान खुरानाको वर्तमान लोभलाग्दो फिल्मी करिअर हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ – कति सहजै छोटो समयमा यतिधेरै सफलता हासिल गरेछ तर उनको पनि संघर्षको आफ्नै कथा छ । चण्डीगढमा आमसञ्चारको अध्ययन गरेका आयुस्मानको लागि बलिउड छिर्नु भनेको ‘दिल्ली अभि दूर है’ जस्तै थियो । सन् २००४ मा एमटीभी रोडिज जित्नुअघि उनले सन् २००२ मा च्यानल भीको कार्यक्रम पपस्टारमा पनि भाग्य जाँचेका थिए, जहाँ उनी सफल हुन सकेनन् । रोडिज सिजन–२ जितिसकेपछि उनले आफ्नो आमसञ्चारको अध्ययन सकेर दिल्लीको बिग एफएममा ‘मान ना मान, मै तेरा आयुस्मान’ कार्यक्रम चलाए, जुन निकै लोकप्रिय भएको थियो तर उनी लाइमलाइट्समा भने कलर्सको ‘ईन्डियाज गट ट्यालेन्ट’ र स्टार प्लसको ‘जस्ट डान्स’को सञ्चालनपछि मात्र आएका हुन् ।
सन् २०१२ मा उनको करिअर मा टर्निङ प्वाइन्ट तब आयो, जब उनलाई सुजित सरकारको रोमान्टिक ड्रामा ‘बिकी डोनर’को मुख्य अभिनेताका लागि अफर गरियो । आयुष्मान बाहेक फिल्ममा अनु कपुर र यामी गौतम पनि थिए । करीब ५ करोडमा बनेको फिल्मले ५५ करोड रुपैयाँभन्दा बढीको कमाइ गर्यो । फिल्म सुपर हिट भयो । फिल्मका लागि आयुष्मान खुरानाले फिल्मफेयर बेस्ट मेल डेब्यु र प्ले ब्याक सिंगर मेल गरी २ वटा अवार्ड हात पारे ।
यसरी आयुष्मानको फिल्मी करिअर को निकै सुखद शुरूवात भयो तर त्यसपछि प्रदर्शनमा आएका नौटंकी साला, बेवकुफिया, हवाईजादा भने व्यावसायिक रुपमा सफल हुन सकेनन् । तत्पश्चात प्रदर्शित ‘दम लगा के हैसा’ भने केही हदसम्म सफल रह्यो तर आयुष्मानको फिल्मी करिअर निकै अविश्वसनीय रुपमा सफल भएको चाहिँ सन् २०१७ यता मात्र हो । सन् २०१७ देखि २०१९ को २ वर्षे छोटो अवधिमा उनले बरेली कि बर्फी, शुभ मंगल सावधान, अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रीम गर्ल र बाला गरी लगातार ७ वटा हिट फिल्म दिइसकेका छन्, जुन आफैंमा निकै उल्लेखनीय सफलता हो ।
आयुष्मान खुरानाका फिल्मको सबल पक्ष भनेको हाम्रो दैनिक जीवनमा हुने विविध घटनाको सजीव चित्रण नै हो । फिल्म हेर्दा दर्शकलाई यस्तो लाग्दैन कि म कुनै थिएटरमा बसिराखेको छु, बरु कुनै शहरको गल्लीमा टहलिरहेको भान हुन्छ । कथाको चरित्रमा डुबेर जीवन्त अभिनय गर्न सक्नु आयुष्मानको निकै ठूलो विशेषता हो । उनका फिल्ममा न कुनै स्टारडम हुन्छ, न कुनै अनावश्यक मारधाड, न त नचाहिँदो आईटम नम्बर नै । तर पनि फिल्मलाई दर्शकले निकै रुचाउँछन् किनकि कथा वास्तविक लाग्दछ अनि अभिनय मन छुने ।
वीर्यदानको बाध्यतादेखि तालुखुइलेको विवशतासम्म आइपुग्दा उनका हरेक फिल्मले एउटा सामान्य तर सशक्त ढंगमा सामाजिक परिवेशका कथा बोलेका छन् । उनका फिल्मले दर्शकलाई हसाउने, रुवाउने, सोच्न बाध्य बनाउने जस्ता सबै खाले सामर्थ्य राख्दछन् भन्दा अत्युक्ति नहोला । आशा छ यी होनहार अभिनेताले आउँदा दिनमा पनि यस्तै अर्थपूर्ण फिल्म दर्शकमाझ पस्कने छन् । विशुद्ध मनोरञ्जन दिने छन् । थिएटर बाहिर आएपछि दर्शकको प्रतिक्रिया हुनेछ – ‘पैसा वसुल मूभि’ ।
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...