×

NMB BANK
NIC ASIA

अग्रलेख

ढिला गर्नै नहुने काम

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली भूमिलाई आफ्नोमा पारेर भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाली समाजको विभिन्न तप्का आन्दोलित छ । 

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता गर्न भारतलाई सार्वजनिकरूपमै आग्रह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार काठमाडौंमा भएको राष्ट्रिय युवा संघको एकता भेलामा ओलीले कागजी नक्सा मात्र होइन जमिन नै फिर्ता ल्याउने उद्घोष गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपाली भूमिको रक्षामा प्रधानमन्त्री ओलीले देखाएको अडान स्वागतयोग्य र प्रशंसनीय छ ।

Vianet communication
Laxmi Bank

नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध नेपालका राजनीतिक दलहरू एक ठाउँ उभिँदा भारतसँग अड्डी कसेर कुरा गर्न प्रधानमन्त्री ओलीलाई ऊर्जा प्रदान गरेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सबै दलले भारतसँग वार्ता गरेर नक्सा सच्याउन सुझाव दिएका थिए ।

संसद्को राज्य व्यवस्था समितिको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अन्य देशको जमिन नेपाललाई नचाहिने र नेपालको एक इञ्च पनि भूमि छाड्न नसकिने बताएका थिए ।

नेपाली भूमि अतिक्रमण गरेर जारी गरिएको नक्सालाई लिएर नेपालमा तीन सातादेखि आन्दोलन भइरहेको छ ।

विद्यार्थीहरूले दैनिकजसो प्रदर्शन र नाराबाजी गरिरहेका छन् तर भारतले नक्सा सच्याउने संकेत गरेको छैन ।

दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने तयारी भएपनि मिति तय भइसकेको छैन ।

रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान छ, यस्तो संवेदनशील विषयमा विवाद सल्टाउन ढिला गर्दा अग्राख पलाउन सक्छ ।

कालापानी प्रकरणमा उत्तरी छिमेकी चीनले पनि मुख खोलिसकेको छ ।

नेपाल र भारतले वार्तामार्फत शान्तिपूर्ण समाधान खोजुन् भन्ने चीनको सद्भाव रहेको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार बेइजिङमा बताएका थिए । 

भारतले एकतर्फी नक्सा जारी गरेर शुरू भएको सीमा विवादबारे चीनले समेत मुख खोलिसकेको सन्दर्भमा भारतसँग वार्तामार्फत यसको निकास खोज्न ढिला गर्नु हुँदैन ।

हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाऊ भन्ने प्रधानमन्त्रीको आँटको प्रशंसा गर्नुपर्छ । आवश्यक परे प्रधानमन्त्री ओली स्वयंले समकक्षीसँग वार्ता गरेर सीमा विवाद सधैंका लागि समाधान गर्नुपर्छ ।

ओलीले भनेजस्तै कागजको नक्सा होइन जमिन नै फिर्ता गर्नुपर्छ । यो ढिला गर्नै नहुने काम हो, सरकारले हिम्मत गरोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x