२२ असार २०८३, सोमबार

अयोध्याका ‘राम’हरूले जनकपुरका ‘सीता’हरूसँग विवाह गर्ने

अयोध्याका ‘राम’हरूले जनकपुरका ‘सीता’हरूसँग विवाह गर्ने

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादास्पद भूमिमा राम मन्दिर बनाउनका लागि बाटो खोलिदिएपछि कारसेवकहरूले उत्तर प्रदेशका पुरुष र जनकपुरका महिलाबीच वैवाहिक सम्बन्धका लागि आह्वान गरेका छन् । 

उत्तर प्रदेशको मेरठ, सहारनपुर, अयोध्या र लखनउ, बिहारको सीतामढी र मध्य प्रदेशको भोपालका १०८ युवकहरूले यस समारोहका लागि नाम लेखाएको विश्व हिन्दू परिषद्को एक भगिनी संगठन धर्मयात्रा महासंघले जनाएको छ । 

यस समारोहलाई श्री राम जानकी विवाह बारात यात्रा नाम दिइएको छ । जन्ती र विवाहका विधिहरू १३ दिन लगाएर पूरा गरिनेछ र त्यसमा तिलकोत्सव, कन्या पूजनहरू गरिनेछ । बिहीवारदेखि शुरू हुने यो समारोह अयोध्याको कारसेवकपुरमबाट आरम्भ गरिनेछ ।

द टाइम्स अफ इन्डियाबाट

salt training

कमेन्ट गर्नुहोस्