३० असार २०८३, मंगलबार

कोरियाली पपगायिका गू हाराको २८ वर्षमै मृत्यु

कोरियाली पपगायिका गू हाराको २८ वर्षमै मृत्यु

दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री गू हारा आइतवार मृत फेला परेको राजधानी सउलको गाङनाम जिल्ला प्रहरीले जनाएको छ । 

यी २८ वर्षीया गायिका कुनै समयमा दक्षिण कोरिायली सांगीतिक समूह काराकी सदस्य थिइन् र उनी यसअघि मे महिनामा सउलस्थित घरमा बेहोश अवस्थामा फेला परेकी थिइन्  । उनले त्यतिखेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अलबिदा लेखेकी थिइन् । उक्त पोस्ट पछि डिलिट गरिएको थियो । चिन्तित प्रशंसकहरूले त्यतिखेर थुप्रै कमेन्ट गरेका थिए । 

त्यतिखेर गूलाई अस्पताल लगिएको थियो । पछि उनले प्रशंसकहरूसँग माफी मागेकी थिइन् । 

गूको मृत्युले कोरियाली पप स्टारहरूमाथि रहेको चरम दबाबका विषयमा पुनः बहस निम्त्याएको छ । समीक्षकहरूका अनुसार, गायक गायिकामाथि अन्लाइनमा कठोर आलोचना गरिने भएकाले चरम दबाब छ । 

त्यतिखेर अस्पताल परेको एक महिनापछि गूले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै छुच्चो कमेन्ट गर्नेहरूमाथि कानूनी कारवाही चलाउने बताएकी थिइन् र आफू डिप्रेसनमा परेको खुलासा गरेकी थिइन् ।

गूले पूर्व प्रेमी चोइ जोङ–बमसँग सार्वजनिक विवाद समेत गरेकी थिइन् । चोइले आफूहरूबीच भएको सेक्सको भिडियो सार्वजनिक गरिदिने धम्की दिएर ब्ल्याकमेल गरेको आरोप उनले लगाएकी थिइन् । चोइले शुरूमा त यसको खण्डन गरे तर पछि दोषी पाइएपछि उनलाई सजाय दिइएको थियो । 

एक महिनाअघि मात्र कोरियाली सेलेब्रिटी सुली सउलस्थित घरमा मृत फेला परेकी थिइन् । उनलाई पनि डिप्रेसन भएको बताइएको थियो । सुली र गू नजिकैका साथी भएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्