बलिउड सुपरस्टार सलमान खान भन्ने गर्छन्, ‘म आफ्नो स्क्रिन अवतार चुलबुल पाण्डेको अस्तित्वलाई महसुस गर्छु।’
२०१० मा रिलिज भएको फिल्म ‘दबंग’ मा सलमानले चुलबुल पाण्डेको भूमिका खेलेका थिए।
अब उनका फ्यानहरुले अनुमान गरेका छन् कि सलमान यस फ्रेचाइजी आगामी भाग ‘दबंग ३मा पनि धमाल मच्चाउने छन्।
सलमानले खुलासा गरेका छन् चुलबुल पाण्डे उनका लागि हास्य पात्र होइन बरु एक विशेष व्यक्तित्व हो। आफू प्रहरीको बर्दी लगाउँदा र जुंगा लगाउँदा म सलमान खान होइन चुलबुल पाण्डे हुन्छु।