×

NMB BANK
NIC ASIA

अनुशासन मान्दैनन् कर्मचारी

सिंहदरबारभित्र गृह मन्त्रालय र देशैभरमा वीर अस्पतालका कर्मचारी सबैभन्दा ‘अनुशासनहीन’ !

पुस ३, २०७६

NTC
Premier Steels

सिंहदरबारभित्र कार्यालय समयको पालना नगर्नेमा गृह मन्त्रालयका कर्मचारी सबैभन्दा अगाडि देखिएका छन् ।

Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा गृहका ७८ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सतर्कता केन्द्रको टोली गत असोज २८ गते गृह मन्त्रालयमा पुग्दा उपस्थित भएकामध्ये पनि ३ जना कर्मचारीले पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा सतर्कता केन्द्रले गरेको अनुगमनको तथ्यांकअनुसार गृह मन्त्रालयपछि नेपाल टेलिभिजनका ५६, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ५१, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ४९, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र रेडियो नेपालका समान ३६, अर्थ मन्त्रालयका २७ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका २५ कर्मचारीले कार्यालय समय पालना नगरेको देखिन्छ । 

Vianet communication

यसका अलावा अनुगमनका दिन वन तथा वातावरण मन्त्रालयका १९, जलस्रोत तथा सिँचाइ मन्त्रालयका १७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १० र खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका २/२ जना कर्मचारीले कार्यालय समयको पालाना गरेका थिएनन् ।

हेर्नुहोस्, अनुगमनको तथ्यांक :

विभागहरूमा अनुशासनको स्थिति

सिंहदरवारभित्र तथा बाहिर रहेका विभिन्न विभागहरूमा पनि सतर्कता केन्द्रले अनुगमन गरेको थियो ।

केन्द्रले मंसिर १, ३, ४ र २० गते काठमाडौंमा रहेका विभिन्न विभागहरूको अनुगमन गरेको थियो जसमा भन्सार विभागमा १२, घरेलु तथा साना उद्योग विभागमा ४ र खानेपानी तथा ढल निकास विभागमा २ र जलस्रोत तथा सिँचाइ विभागमा १३ जना कर्मचारी समयमा कार्यालयमा उपस्थिति भएका थिएनन् ।

आन्तरिक राजस्व विभाग र खानी तथा भू–गर्भ विभागको कार्यालयमा केन्द्रले मंसिरको ३ गते अनुगमन गर्दा शतप्रतिशत कर्मचारीले कार्यालय समय पालना गरेको पाइएको अनुगमन विवरणमा उल्लेख गरेको छ ।

वीर अस्पतालका कर्मचारी झनै अनुशासनहीन !

सरकारी अस्पतालहरूमा अनुगमन गर्दा वीर अस्पतालका कर्मचारीहरूले तुलनात्मकरूपमा सबैभन्दा बढी अनुशासन उल्लंघन गरेको केन्द्रको अनुगमन विवरणमा उल्लेख गरिएको छ ।

केन्द्रले साउनको २५ गते वीर अस्पतालको अनुगमन गर्दा ३ सय २१ जना कर्मचारी कार्यालय समयमा उपस्थित थिएनन् ।

कान्ति बाल अस्पतालमा भदौको २५ गते केन्द्रले अनुगमन गर्दा ५० जना कर्मचारी समयमा अस्पताल आएका थिएनन् भने गोरखा स्वास्थ्य कार्यालयमा कात्तिकको २६ गते अनुगमन गर्दा १ जना कर्मचारीबाहेक सबै कर्मचारी समयमा नै कार्यालय आएको केन्द्रले जनाएको छ ।

केन्द्रले सिन्धुली जिल्ला अस्पतालमा मंसिरको १६ गते अनुगमन गर्दा ५ जना कर्मचारी समयमा कार्यालय आएनन् भने सोही दिन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीमा अनुगमन गर्दा सबै कर्मचारी समयमा नै कार्यालय आएको भेटियो ।

नगरपालिकाहरूमा अनुशासन पालनाको स्थिति

राष्ट्रिय सतर्कता केन्द्रले कात्तिकको ६ गते काठमाडौंका विभिन्न नगरपालिकाका कार्यालयहरूमा कर्मचारीको अनुशासन स्थितिको अनुगमन गरेको थियो जसमा शंखरापुर नगरपालिकामा १६ जना, बूढानीलकण्ठ नगरपालिकामा १९ जना, तारकेश्वर नगरपालिकामा २३ जना र कीर्तिपुर नगरपालिकामा २४ जना कर्मचारी समयमा कार्यालय आएका थिएनन् ।

कात्तिकको १ गते काठमाडौं जिल्लाभित्रका गोकर्णेश्वर नगरपालिकामा ११, कागेश्वरी मनोहरा नगरपालिकामा १९, दक्षिणकाली नगरपालिकामा २ र चन्द्रागिरी नगरपालिकामा ३ जना  कर्मचारी समयमा कार्यालय नआएको केन्द्रले लोकान्तरलाई उपलब्ध गराएको अनुगमन विवरणमा उल्लेख छ ।

कात्तिकको ६ र मंसिरको १ गते राष्ट्रिय सतर्कता केन्द्रले भक्तपुर जिल्लाका विभिन्न नगरपालिकाका कार्यालयहरूमा अनुगमन गरेको थियो । त्यसक्रममा सूर्यविनायक नगरपालिकामा १०, मध्यपुर थिमि नगरपालिकामा २४, चाँगुनारायण नगरपालिकामा ६ र भक्तपुर नगरपालिकामा १ जना कर्मचारी समयमा कार्यालय नआएको भेटिएको अनुगमन विवरणमा उल्लेख गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले साउन महिनादेखि मंसिरसम्म देशैभरिका १६७ वटा कार्यालय अनुगमन गरेको थियो जसमा १ हजार ४ सय ४५ जना कर्मचारीले कार्यालय समय पालना नगरेको केन्द्रले जनाएको छ ।

अनुशासनको उल्लंघन गर्ने कर्मचारीहरूमध्ये अहिलेसम्म ४ सय ८४ जना कर्मचारीलाई मात्रै विभागीय कारवाही भएको तथ्यांक केन्द्रलाई प्राप्त भएको देखिन्छ ।

कर्मचारीहरूलाई कार्यालयभित्रको अनुसाशन पालना गराउने सबालमा कार्यालय प्रमुखहरूको भूमिका प्रभावकारी नदेखिएको केन्द्रको निष्कर्ष छ ।

यस्तै स्थानीय तहहरूमा पनि जनप्रतिनिधिले समेत कर्मचारीलाई कार्यालय अनुशासन पालना गराउन पहल गरेको देखिँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x