२० असार २०८३, शनिबार

राजविराजका विद्यालय ३ दिन बन्द

राजविराजका विद्यालय ३ दिन बन्द

सप्तरीको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय अगामी ३ दिनका लागि बन्द गरिने भएको छ । 

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिवार जारी गरेको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।  

३ दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा समुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष यादवले जानकारी दिए ।

विगत ३/४ दिनदेखि लगातार तराई मधेशमा बढेको शीतलहर र चिसोका कारण स्थानीय बजारमा चहलपहल कम देखिएको छ । बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले सप्तरीको राजविराजलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।

चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्