×

NMB BANK
NIC ASIA

फेसबूके अभियान्ताबीच 'ग्याङ फाइट': पीडितका लागि उठाएको रकममा कसको 'गिद्देनजर' ?

पुस १३, २०७६

NTC
Premier Steels

चितवनका १९ वर्षीय विनोट रानाभाट कतारमा जेल परे । सेक्सुअल ह्यारास्मेन्ट गरेको रिसको झोकमा एक भारतीय नागरिकलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेका थिए ।

Muktinath Bank

कतारमा उनलाई मृत्युदण्डको सजाय सुनाइयो । छुटाउनका लागि ८२ लाख नेपाली रूपैयाँ ब्लडमनी तिर्नुपर्ने भएपछि सामाजिक सञ्जालमा उनलाई बचाउन अभियान नै शुरू भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियान निकै तीव्ररूपमा चल्यो । विश्वभर छरिएर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालीले आर्थिक सहयोग संकलन गरे ।


Advertisment
Nabil box
Kumari

८२ लाख संकलन गर्ने भनेर शुरू भएको अभियान लक्ष्यभन्दा माथि पुग्यो, कुल १ करोड २१ लाख उठ्यो ।

Vianet communication

भइदियो के भने विनोद रानाभाट बचाउ अभियानअन्तर्गत फेसबूके अभियान्ताले रकम संकलन गरिरहेका बेला रानाभाटले आममाफी पाए, उनलाई छुटाउन ब्लडमनी तिर्नै नपर्ने भयो । उनी नेपाल फर्किए ।

त्यसपछि उनका लागि भनेर संकलन गरिएको रकम अलपत्र पर्‍यो । केही रकम त उनीजस्तै पीडितलाई सहयोग गरियो, तर अझै ७९ लाख रुपैयाँ बाँकी छ । त्यो बाँकी रकम के गर्ने भन्नेमा अहिले फेसबूके अभियान्ताहरूबीच ग्याङफाइट नै परेको छ । अभियान्ता अर्जुन भुसालमाथि पैसामा र्‍याल काडेको आरोप लागेको छ ।

यो कस्तो केस भयो भने केही वर्षअगाडि पैसा कमाउन भन्दै २०१२ मा युएई गएका अनिस खालिङ राई २०१६ मार्चमा जेल चलान भएका थिए । मृत्युदण्ड सुनाइएका अनिशको जीवन बचाउनका लागि  विश्वभरबाट करडौं रकम उठ्यो । वैदेशिक रोजगारीको शिलशिलामा २०६८ सालमा दुबईको अवुधावी पुगेका अनिशलाई पाकिस्तानी नागरिक हत्याको अभियोगमा त्यहाँको अदालतले मृत्यृदण्ड सुनाएको थियो ।

ब्लडमनीको आर्थिक अभियान चलिरहँदा अदालतले तोकेको ब्लडमनी चुक्ता भइसकेको पुष्टि भयो । पाकिस्तानीको परिवारलाई ८१ लाख रुपैयाँ ब्लडमनी दिने तयारी थियो, रकम त करोडौं संकलन भएको थियो । अरु कसैले चुक्ता गरिदिएको थाहा भयो । यसको अर्थ हुन्छ, युएई सरकारले नै आममाफी दियो । उनको जीवन रक्षाका लागि विश्वभरीबाट संकलित करोडौं रकम केमा सदुपयोग भयो ? त्यो अन्योल नै छ ।

विनोद रानाभाटको केश पनि दुरुस्तै अनिश खालिङको जस्तै हुन पुगेको छ ।

रानाभाट बचाउ अभियानमा लागेका पत्रकार मनोज भट्टराईले चेतना भया भन्दै लेखेका छन्- विनोद रानाभाट बचाउ अभियानलाई पोर्चुगलबाट उठाएको रकम फिर्ता लिने र जरुरत ठाउँमा वा व्यक्तिलाई दिने निर्णय गरेका छौं, किनभने त्यो उठाएको रकम दुरुपयोग नहोस्, कठालो समातेर फिर्ता गराइन्छ । ‬

अभियान्ता मध्येकी एक ज्वाला संग्रौलाले आक्रोशित हुँदै भनेका छन्- विनोद रानाभाट भाइलाई हामीले नाम र थर हेरेर सहयोग गरेको हैन । विनोद भाइ समितिका सदस्यहरूमध्ये कसैको छोरा पर्लान्, भाइ पर्लान् भतिज पर्लान्, त्यो आफ्नो ठाउँमा छ, तर हामी अभियान्ता र सहयोगी मनहरूको आँखामा उनी ढाकाराम रानाभाटका छोरा हैनन्, एक पीड़ित नेपाली आमाका छोरा हुन् । यस्ता पीड़ितहरूकै लागि यो पैसा सदुपयोग हुनुपर्छ भन्ने कुरा रानाभाट बचाउ समितिले हेक्का राखोस् । 

उनले थपेकी छिन्- विनोद रानाभाटको पैसा व्यवस्थापनबारे आज कार्यक्रम हुँदै रहेछ । खबरदार समितिका सरदारहरू, यो पैसा तिमीहरूको स्वास्नीको दाइजो या बाउको अंश हैन जस्लाई जसरी मनलाग्यो त्यसरी चलाउन र उपभोग गर्न पाउने। म्यासेन्जरमा त्यत्रो ग्रुप च्याट बनाएर सल्लाह भैरहँदा समितिका टाउकेहरू किन आउँदैनौ हामीसँग बहस र छलफलमा ?

विनोद रानाभाट बचाउ फेसबुके अभियानलाई सहयोग गरेका एकजना मनकारी लेख्छन्- समितिले बारम्बार मुठोमा र्‍याल चुहायो त्यो मुठो रकम हात नपर्ने छाँटकाट देखेसी ३ चोक्टा गरेर बाँड्ने मनसाय आफैं–आफैं बनायो । अहिले त्यही पैसाको ब्याज के कति हो केही कुराको सार्वजनिक सूचना सार्वजनिक नगरी अन्तै दिने मनसाय फेरि बनाउँदा समितिले बारम्बार देखाएको स्वार्थलाई अब हामीले के भन्ने, लोभीपापी भन्नुपर्ने हो ?

यता अभियानको पैसा समातेर बसेका अर्जुन भुसालले भने त्यो पैसा जसलाई पनि सहयोग गर्न सकिने धारणा राखेका छन् । महावीर पुनको आविस्कार केन्द्रलाई पनि दिन सकिने, घुर्मुस सुन्तली फाउन्डेसनलाई पनि दिन सकिने विचार राख्दै आएका छन् । 

सामाजिक सञ्जालमा भने आफूहरूले पीडितलाई भनेर सहयोग गरेको र त्यो पैसा अन्य पीडितलाई नै बाँड्नुर्ने विचार सहयोगीहरूको देखिन्छ ।

अर्जुन भुसाल घुर्मुस सुन्तली हुन् कि महावीर पुन, रवि लामिछाने वा समाज नाम चलेको मान्छेको पछि लागेर मोबाइलबाट लाइभ गर्दै आफूलाई महान अभियान्ता साबित गर्ने प्रयासमा छन् । मानिसहरू उनीमाथि शंका गर्दै भन्ने गर्छन्- यो यिनको देखाउने दाँत हो, पैसामा र्‍याल काढ्ने लोभी हो यो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x