२४ असार २०८३, बुधबार

पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ । 

यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिए।

साहित्य/सिर्जना फाँटमा समेत सक्रिय मानव अधिकारवादी नेता पहाडीका दुई कथा सङ्ग्रह, एउटा उपन्यास, दुई गीत सङ्ग्रह, दुई नियात्रा, दुई नाटक सङ्ग्रह, चार कविता सङ्ग्रह, दुई मुक्तक सङ्ग्रह र छ आलेख सङ्ग्रह, जेल जर्नल, दुई प्रबन्ध÷निबन्ध सङ्ग्रह, एउटा अङ्ग्रेजी कविता सङ्ग्रह र एउटा हिन्दी कविता सङ्ग्रह गरी २९ पुस्तक प्रकाशित भइसकेको उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्