×

NMB BANK
NIC ASIA

परीक्षणमै करोडौं स्वाहा !

झिल्के विकास : २ करोडका सौर्यबत्ती उखेलेर ४ करोडमा बिजुलीका चिम !

पुस २८, २०७६

NTC
Premier Steels

बुटवल–बेलहिया (सुनौली) सडक खण्डमा करोडौं रूपैयाँ खर्च गरेर जडान गरिएका सौर्य सडक बत्ती कामै नलाग्ने भएपछि विद्युतीय बत्ती जडान थालिएको छ ।

Muktinath Bank

५ नम्बर प्रदेशकै पहिलो ‘सिक्स लेन’ सडकमा २ वर्षअघि २ करोड लगानी गरेर जडान गरिएका सौर्य बत्ती बल्न छाडेका छन् । सौर्यबत्ती जडान योजना ‘झिल्के’ विकासमा परिणत भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० वर्षको लागि भनेर जडान गरिएका ‘स्ट्रोट लाइट’ सडक निर्माण पूरा नहुँदै बिग्रिएपछि फेरि ४ करोड रूपैयाँ लगानीमा विद्युतीय ‘स्ट्रोट लाइट’ जडानको प्रक्रिया अगाडि बढाइएको हो । सौर्यबत्ती ‘फेज आउट’ भएपछि बुटवल–बेलहिया सडक विस्तार आयोजनाले विकल्पका रूपमा विद्युतीय बत्ती जडान थालेको छ । सौर्यबत्ती जडान शुरू हुँदादेखि नै राम्रोसँग नबलेपछि सबै क्षेत्रबाट व्यापक गुनासो आएको थियो ।  


Advertisment
Nabil box
Kumari

करोडौं रकम खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि आयोजनाले समेत योजना सफल हुन नसकेको स्वीकार गरेको छ । आयोजनाका इन्जिनीयर अरूण खत्रीले सडकको धुलोको कारण सौर्यबत्ती बल्न छाडेपछि ‘ट्रायल’को रूपमा विद्युतीय बत्ती जडान कार्य थालिएको बताए । आयोजनाले विद्युतीय बत्तीलाई समेत ट्रायल (परीक्षण) को रुपमा लिएको छ ।

Vianet communication

‘सौर्य बत्ती टिक्नुपर्ने हो तर टिकेनन्,’ इन्जिनीयर खत्रीले भने, ‘अहिले भएकै पोलहरूको ठाउँमा विद्युतीय बत्ती जडान हुनेछन् । धुलोका कारण बत्ती बिग्रिने रहेछन् । यहाँका सडक सरसफाई नहुँदा गाडीले उडाउने धूलो सोलारको प्लेटमा जमेर रहँदा त्यसले बत्तीको लागि इलेक्टोनिक्स सञ्चय गर्न पाएनन् । जसले गर्दा बत्ती बिग्रिए ।’

सौर्यबत्ती जडान गरिएको छोटो समयमै बिग्रिएपछि चौतर्फी आलोचना भएको छ । तिलोत्तमाको ड्राइभर टोलदेखि बुटवल राजमार्ग चौराहसम्म आयोजनाले १५० सौर्यबत्ती जडान गरेको थियो । चौराहादेखि नयाँ मिलसम्म जडान गरिएका सौर्य बत्तीले प्रभावकारी रुपमा काम नगरेपछि आयोजनाले नयाँ मिलदेखि कोटिहवासम्म ‘स्ट्रोट लाइट’ जडान गर्न लागेको छ । आयोजनाले बिजुलीबाट बल्ने यी बत्ती तिलोत्तमा नगरभित्र पर्ने करीब १२ किलोमिटरमा जडान गर्नेछ ।

आयोजनाले डिभाइडरमा र सर्भिस लाइन दुवैमा विद्युत् बत्ती जडान गर्नेछ । त्यसका लागि नरेन्द्र पीएसएस जेभी काठमाडौंले ठेक्का लिएर काम अगाडि बढाएको छ । ‘अहिले ठेकेदार कम्पनीले काम शुरू गरिसकेको छ,’ इन्जिनीयर खत्रीले भने, ‘६ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । आधाभन्दा बढी काम सकियो । बत्ती समयमै जडान गरिन्छ ।’

मेन डिभाइडरमा ३०/३० मिटरको अन्तरमा पोल राखिने छ । एउटा पोलको दायाँ–बाँया १५० वाटका २ वटा बल्ब राखिने छ । ‘सर्भिस लेन’मा ४० वाटका बल्ब राखिने छन् । सडकको डिभाइडरमा बल्ने बत्तीको महसुल नगरपालिका र सर्भिस लेनमा बल्ने बत्तीको महसुल सम्बन्धित टोल विकास संस्थाले व्यहोर्ने गरी नगरपालिकासँग आयोजनाले सम्झौता गरेको छ ।

‘हामीले तिलोत्तमा नगर क्षेत्रभित्र विद्युत् लाइट जडानका लागि आयोजनासँग प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छौं,’ तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने, ‘सम्झौता अनुसार काम शुरू भइसकेको छ ।’

निर्माण सम्पन्न भएपछि आफूहरूलाई आयोजनाले सम्पूर्ण स्वामित्व हस्तान्तरण गर्ने प्रवक्ता श्रीले बताए । गएको भदौमा ठेकेदार कम्पनीले ६ महिनाभित्र जडान गर्ने सम्झौता गरेको छ । बत्ती जडानपछि ४ वर्षसम्म मर्मतको खर्च जडान गर्ने कम्पनीले व्यहोर्ने बताइएको छ । आयोजनाले तिलोत्तमा नगरपालिकापछि ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकासँग विद्युत् महसुल तिर्ने सम्झौता गरेपछि बाँकी क्षेत्रमा पनि विद्युत् बत्ती जडान गरिने बताएको छ ।

बुटवल–बेलहिया सडक २७ किलोमिटर छ । बुटवलमा स्थानीय समशेर रानाले राज्यले सबै क्षेत्रमा परीक्षणका रूपमा योजनाहरू ल्याउँदा बजेटको दुरूपयोग भएको बताए ।

आयोजनाले तिलोत्तमाको नयाँ मिलदेखि बुटवलको राजमार्ग चौराहसम्म १५० वटा जडान भएका सौर्य बत्ती जडान गरेको थियो । २ वर्षमै ती बत्ती मर्मत ५ पटकभन्दा बढी गरिएको छ । १५० बत्तीमध्ये अहिले ५० भन्दा कम मात्र बलेपनि ती जुनकिरीजस्तै छन् ।

त्यसमध्ये पनि केही बत्ती ‘झिपिक्क आउने मिलिक्क जाने’ गर्थे । नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले सौर्य बत्ती जडान गरेको थियो । स्वचालित सौर्यबत्ती ३५ मिटरको दूरीमा राख्दा भएका बत्तीले समेत उज्यालो दिन सकेका थिएनन् । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म पनि सौर्यबत्ती जडान गरिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x