×

NMB BANK
NIC ASIA

सानोठिमी क्याम्पस भक्तपुरका प्रमुख रामचन्द्र घिमिरेले क्याम्पसको ढुकुटीबाट आइफोन ८ किनेका छन् । २०७५ असार ३ गते क्याम्पस प्रमुख घिमिरेले क्याम्पसको खर्चमा १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको आइफोन -८ खरिद गरेको देखिएको राष्ट्रिय सतकर्ता केन्द्रले जनाएको छ ।

Muktinath Bank

त्रिभुवन विश्वविद्यालय मातहतका निकाय प्रमुखहरुले मोबाइल सुविधा पाउने सम्बन्धमा निर्धारण गरेको नियमविपरित क्याम्पस प्रमुख घिमिरेले क्याम्पसको खर्चमा अधिक मूल्यको मोबाइल किनेको देखिएको राष्ट्रिय सतकर्ता केन्द्रले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको २०७३ फागुन ११ गतेको निर्णय अनुसार विश्वविद्यालय मातहतका निकाय प्रमुखले १ पटक मात्र बढिमा १५ हजारसम्मको मोबाइल सुविधा पाउने व्यवस्था गरेको छ । उक्त निर्णयविपरित प्रमुख घिमिरेले आइफोन किनेका हुन् ।


Advertisment
Nabil box
Kumari

क्याम्पस प्रमुखले मोबाइलबाहेक धेरै विषयमा अनियमितता गरेको राष्ट्रिय सतकर्ता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

केन्द्रको प्रतिवेदन अनुसार क्याम्पस प्रमुख घिमिरेले त्रिविले सञ्चालन गर्ने परीक्षा शुल्क बापतको रकम पनि आफैले प्रयोग गर्दै आएको उजुरी परेको थियो । परीक्षाको लागि प्रति विद्यार्थी ५० रुपैयाँको दरले उठेको रकम क्याम्पसको खातामा जम्मा नगरेको र उजुरीपश्चात मात्रै क्याम्पसको खातामा २ लाख ७७ हजार ८ सय २५ रुपैयाँ जम्मा भएको देखिएको केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लोक सेवा आयोगले लिएको परीक्षामा उठेको शुल्क पनि क्याम्पसको खातामा जम्मा नगर्ने गरेको र उजुरी परेपछि मात्रै क्याम्पसको खातामा जम्मा गरेको केन्द्रले जनाएको छ ।

सतकर्ता केन्द्रको प्रतिवेदनअनुसार क्याम्पसले लाखौंको सामान टेण्डर वा कोटेशन प्रक्रिया नै नगरी सोझै खरिद गर्ने र विनाप्रमाण खाजा खर्च भएको बिल भुक्तानी गर्ने गरेको देखिन्छ । स्ववियु स्मारिकाको नाममा कानूनी प्रक्रिया नै पूरा नगरी क्याम्पसले मेगा प्रिन्टिङ हाउस प्रालिलाई २ लाख ८२ हजार ९ सय ३१ रुपैंया समेत भुक्तानी गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सानो ठिमी क्याम्पस भक्तपुरका प्रमुखले विभिन्न शिर्षकमा भ्रष्ट्राचार गरेको उजुरी राष्ट्रिय सतकर्ता केन्द्रलाई परेको र छानबिन गर्दा क्याम्पसले त्रिविले निर्धारण गरेको नियम पालना नगरेको जनाएको छ । क्याम्पसमा भएको छानबिनको जानकारी विश्वविद्यालयलाई गराउने सतकर्ता केन्द्रले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x