×

NIC ASIA

भ्रमण वर्षमा पनि अन्योलमा बुद्ध सर्किट : तिनाउ पुल एक दशकदेखि अलपत्र

माघ १३, २०७६

Prabhu Bank
NTC
Premier Steels

नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको छ । ५ नम्बर प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षको दौरानमै छ ।

Muktinath Bank

भ्रमण वर्ष र पर्यटन भन्नासाथ बिर्सिनै नसकिने क्षेत्र हो, लुम्बिनी । तर, यहीँ लुम्बिनीलाई जोड्नेमध्येको एउटा महत्त्वपूर्ण सडकमा पर्ने तिनाउ नदीको पुल एक दशकदेखि अलपत्र छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देहीको तिलोत्तमा–६ गोरकट्टामा निर्माणको क्रममा रहेको तिनाउ पुल झण्डै एक दशकदेखि अलपत्र बनेको हो ।


Advertisment
Nabil box
Kumari

बुद्धको मावलीस्थल देवदह, जन्मस्थल लुम्बिनी र दरबारस्थल तिलौराकोट (कपिलवस्तु) जोड्ने सडक हो– लुम्बिनी बौद्ध सर्किट ।

Vianet communication

यही सर्किटमा पर्ने मोतिपुर र तिलोत्तमा जोड्ने यो पुल आधा निर्माण भएर अलपत्र छ । योभन्दा पछि निर्माण शुरू भएका यही नदीका अन्य पुलहरू सञ्चालनमा आइसकेका छन् । 

बाँकी ‘आधा’ पुल निर्माण सम्पन्न नहुँदा बुद्ध सर्किटमा नियमित यातायात सञ्चालनमा आउन सकेको छैन ।

बुद्ध सर्किटबाट लुम्बिनी जाने पर्यटक प्रभावित भएका छन् । बुटवल, तिलोत्तमा, देवदहबाट लुम्बिनी पुग्ने यो छोटो सडक हो ।

सरकारले भ्रमण वर्ष मनाइरहँदा बुद्ध सर्किटमा पर्ने पुल अलपत्र हुनु शोभनीय नभएको स्थानीयको भनाइ छ । 

वि.सं. २०६७ असार २५ गते ठेक्का सम्झौता भई काम शुरू भएको पुल ९ वर्षसम्ममा पनि सम्पन्न हुन सकेको छैन । एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले १० करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । 

पहिलोपटक ठेक्का सम्झौता गर्दा २०६९ पुस २४ गते सम्पन्न गर्ने भनिएको थियो । अढाई वर्षको समयमा काम आधा समेत हुन सकेन । त्यसपछि पुनः ठेक्का अवधि बढाइयो ।

वि.सं‍. २०७२ साल असार २४ गते सम्मका लागि समयावधि थप भएपछि काम शुरू भयो अनि करीब ४ महिनापछि पुनः रोकियो । 

एलिट कन्स्ट्रक्सनले ३ वटा पिलर र पाँचवटा स्लापसमेत निर्माण गरी ७० मिटर पुल बनिसकेको छ तर १ सय १० मिटर पुल बन्न अझै बाँकी छ । पुल वाइल प्रविधि (पिलर धसान विधि) का आधारमा निर्माण भैरहेको थियो ।

तीन वटा पिलर धसानमा भौगोलिक रूपमा कुनै समस्या भएन तर चौथो पिलर धसानमा जमिनमुनिको ठूलो चट्टानले अवरोध गर्‍यो ।

पुल अलपत्र पर्नुको मुख्य कारण पिलर नधसिनु नै भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमको भनाइ छ । 

‘ओएल फाउन्डेसन’ प्रविधिबाट पुल निर्माण गर्न सम्भव नदेखिएपछि ‘पाइल फाउन्डेसन’ विधिबाट काम गर्न लागिएको बताइए पनि निर्माण अझै सुचारु भएको छैन । नयाँ डिजाइन पुल्चोक इञ्जिनियरिङ कलेजले तयार गरेर सडक डिभिजन कार्यालय बुटवललाई बुझाएको छ ।

कार्यालयले सडक विभागमा डिजाइन स्वीकृति पठाएको कार्यालय प्रमुख यज्ञराज मरासिनीले बताए । उनका अनुसार विभागले डिजाइन स्वीकृत गरेपछि ठेकेदार कम्पनीले पुनः निर्माण कार्य थाल्नेछ ।

पुल निर्माण पूरा हुन अझै डेढ वर्ष लाग्ने उनले प्रस्ट्याए । ‘आउँदो होइन अर्को असारसम्म पुल निर्माण बल्ल सकिन्छ होला,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x