×

NIC ASIA

पूँजीगत खर्च निराशाजनक : मुख्यमन्त्रीको बोलीअनुसार गुडेन विकासको गति !

माघ १७, २०७६

Prabhu Bank
NTC
Premier Steels

आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा प्रदेश ५ को पूँजीगत बजेट जम्मा १८ प्रतिशत मात्रै खर्च भएको छ, यसले समयमै शतप्रतिशत् विकास बजेट खर्च हुने सम्भाना न्यून बनेको छ ।

Muktinath Bank

वित्तीय संघीयताको अभ्यास गर्दै २ पटकसम्म बजेट ल्याएको प्रदेश सरकारले विनियोजित बजेट प्रभावकारी रूपमा खर्च गर्न असफल देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठभित्रै पूँजीगत बजेट खर्च गरिसक्ने बताउँदै आएका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका शंकर पोखरेल नेतृत्वको सरकारले चालू आर्थिक वर्षको ६ महिनामा जम्मा १७.७१ पूँजीगत खर्च गरेको देखिन्छ ।  


Advertisment
Nabil box
Kumari

प्रदेशको कूल विकास बजेट १८ अर्ब १२ करोड २१ लाखमध्ये हालसम्म ३ अर्ब २९ करोड ८ लाख रूपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय बुटवलको तथ्यांकले देखिन्छ । 

Vianet communication

अघिल्लो वर्षको तुलनामा केही खर्चको अनुपात बढेको भने, देखिन्छ । गत वर्ष पुस मसान्तसम्म ३.९५ प्रतिशत मात्र बजेट खर्च भएको थियो । यसवर्ष पनि खर्च नभएको बजेटको आकार र खर्च गर्नुपर्ने समयलाई हेर्दा बजेट खर्चको प्रवृत्ति उत्साहप्रद छैन । 

प्रदेश समन्वय परिषद्को तेस्रो बैठकले चालू आर्थिक वर्षमा प्रदेश तथा स्थानीय तहहरूले निर्धारण गरेका नीति कार्यक्रम तथा बजेट कार्यान्वन गर्दा प्रदेशका कार्यालयहरू तथा स्थानीय तहहरूबीच पर्याप्त समन्वय र सहकार्य गरी आर्थिक अनुशासन र कामको गुणस्तर हुने गरी सालबसाली प्रकृतिका आयोजनाहरूको हकमा आर्थिक वर्षको जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी काम गर्ने निर्णय पनि गरेको थियो । 

सरकारले भने बजेट सन्तोषजनकरूपमा खर्च भएको दाबी गर्छ ।  प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले चालू आर्थिक वर्षको करीब सबै आयोजनाहरूको ठेक्का लागिसकेको र निर्माणको चरणमा गइसकेकाले पूँजीगत खर्च बढेको बताउँछन् । 

‘पहिलो तीन महिना तथा आयोजनाको ठेक्का पट्टाको समय हो । पछिल्लो तीन महिनाको गति बजेट खर्च बढेको छ । हामी प्रदेशको बजेट समयमै खर्च गर्नेमा विश्वस्त छौं,’ प्रवक्ता चौधरीले भने । 

बाँकी ६ महिनामा पूँजीगततर्फको कुल बजेटमध्ये  १४ अर्ब ८३ करोड १३ लाख रूपैयाँ खर्च गर्नुपर्ने सरकारलाई चुनौती छ । 

मध्यावधिसम्मको बजेट कार्यान्वयनको जटिलताले चालू आर्थिक वर्षमा पनि अघिल्लो वर्षमा जस्तै असारे विकास हुने कुरालाई संकेत गरेको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । माघ मसान्तसम्म बजेट खर्च विकास बजेट खर्च ३० प्रतिशतमा पुर्‍याउने सरकारको दाबी छ ।  

कुन मन्त्रालयको कति खर्च ?

चालू आर्थिक वर्षको वार्षिक बजेटको ८१ प्रतिशत छुट्याइएको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका विकास बजेट खर्च सुधारोन्मुख छन् । 

भौतिक पूर्वाधारको १९.५७

पूर्वाधार विकासको महत्वपूर्ण मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयले पुस मसान्तसम्ममा पूँजीगततर्फ १९ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । यो आर्थिक वर्षमा मन्त्रालयका लागि कुल १४ अर्ब ८७ करोड ४ लाख ५ सय रूपैयाँ छुट्याइएको थियो । मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डे सबै परियोजनाका खरिद प्रक्रिया सकिइसकेको र अधिकांश आयोजनाहरू निर्माणको चरणमा रहेको बताउँछन् । 

जेठ मसान्तसम्ममा बजेट कार्यान्वयन गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताउँदै उनले अधिकांश पूर्वाधार परियोजनाहरूको निर्माण कार्य शुरू भइसकेकाले पूँजीगत खर्च क्रमगतरूपमा बढ्दै गएको बताए ।

उद्योग पर्यटन मन्त्रालयको २० प्रतिशत

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि छुट्याइएको २ अर्ब ८८ करोड ८१ लाख ११ हजार रूपैयाँमध्ये करीब २० प्रतिशत अर्थात् ५७ करोड १४ लाख ३१ हजार २८८ रूपैयाँ खर्च गरेको छ । पूँजीगत खर्च २० करोड ३४ लाख २७ हजार ८८९ रूपैयाँमात्रै रहेको छ ।  

सामाजिक विकास मन्त्रालयको १८ प्रतिशत

प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ अर्ब ३९ करोड २२ लाख २६ हजार रूपैंयाँ बजेट पाएकोमा १८ दशमलव २८ प्रतिशत अर्थात् ८० करोड २७ लाख ३६ हजार २१३ रूपैयाँ खर्च गरेको छ । त्यसमध्ये पूँजीगत खर्च १२ करोड ५ लाख ८२ हजार १८ रूपैयाँमात्रै छ । 

भूमि व्यवस्था कृषि तथा सहकारीको ६.२९ प्रतिशत

प्रदेशका सबै मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परेको छ  छुट्याइएको ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार रूपैयाँको जम्मा ६ दशमलव २९ प्रतिशत मात्रै खर्च गरेको छ । त्यसमध्ये पनि पूँजीगत खर्च ४ करोड ४० लाख ९७ हजार ९ सय ९ रूपैयाँ मात्रै रहेको छ । कृषि अनुदानमा मन्त्रालयबाट व्यापक अनियमिता समेत भएको पाइको छ । 

मुख्यन्याधिवक्ता कार्यालयको ३४ प्रतिशत 

प्रतिशतको हिसाबले हेर्दा सबैभन्दा धेरै बजेट खर्च मुख्य न्यायाधिवक्ताको कार्यालयको छ । कार्यालयले २ करोड २५ लाख २७ हजाररूपैंया बजेटको चालु र पूँजीगत गरी ३४ दशमलव २९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसपछि प्रदेश सभा सचिवालयले ३३ करोड १७ लाख ७४ हजार रूपैयाँ बजेटको पूँजीगत र चालू गरी २३ दशमलव ५७ प्रतिशत खर्च गरेको छ ।

प्रदेश लोक सेवा आयोगले अझै पूर्णता नपाएको हुँदा कुनै पनि रकम खर्च गर्न सकेको छैन । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको १९ प्रतिशत

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू र पूँजीगततर्फ १९ दशमलव १९ प्रतिशत बजेट खर्च गरेका छन् । आयोगको जम्मा बजेट ३ करोड २० लाख १० हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुल बजेट २ करोड ६१ लाख ३५ हजार रूपैंयाँ रहेको थियो । 

आर्थिक मामिला मन्त्रालयको ८ प्रतिशत

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो १५ करोड ९६ लाख २ हजार रूपैयाँ बजेटको चालू र पूँजीगत गरी ८ दशमलव १९ प्रतिशत तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नो ८० करोड ८० लाख ६६ हजार रूपैयाँको बजेटको जम्मा चालू र पूँजीगततर्फ १४ दशमलव ५४ प्रतिशत खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार स्थानीय तहलाई हालसम्म ३ अर्ब २७ करोड ३० लाख २७ हजार रूपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । 

आन्तरिक मामिला तथा कानूनको ९ प्रतिशत

आन्तरिक मामिला तथा कानून मन्त्रालयको खर्च गति पनि धिमा छ । ६ महिनाको अवधिमा मन्त्रालयको जम्मा ९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x