१० असार २०८३, बुधबार
नीति तथा कार्यक्रम

काठमाडौं महानगरका १०१ कार्यक्रम– मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म

जेठ ३१, २०८३
काठमाडौं
काठमाडौं महानगरका १०१ कार्यक्रम– मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगरसभामा पेस गरेकी छिन् ।

उनले आइतबार महानगरपालिकाको नगरसभाको १९औं अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन् । 

उनले पेस गरेको नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्मका विषय समेटिएको छ । 

'निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ, 'महानगरवासीको मृगौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ ।'

यस्तै, उनले एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई संस्थागत गरिने जानकारी दिइन् । 

ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराइने उनले नीति तथा कार्यक्रममा प्रस्तुत गरिन् ।

७५ वर्ष उमेर पूरा भएका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने उनले जानकारी दिइन् ।

यस्तै, काठमाडौं महानगरपालिकाले आधुनिक तथा पराम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने उनले बताइन् ।

यस्तो छ पूर्णपाठ: 

salt training

कमेन्ट गर्नुहोस्