०१ असार २०८३, सोमबार

जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

जेठ ३१, २०८३
चितवन
जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ

चितवनमा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

रत्ननगर नगरपालिका- १६ भद्रकालीस्थित बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका- १६ बस्ने ६० वर्षीय हरि थापा मगरसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्