०५ असार २०८३, शुक्रबार
एमाले प्रमुख सचेतकको चुनौती

अर्थमन्त्री वाग्लेलाई एमाले सचेतकको चुनौती– ३५ वर्षका काण्डको फाइल खोलियोस्

असार २, २०८३
काठमाडौं
अर्थमन्त्री वाग्लेलाई एमाले सचेतकको चुनौती– ३५ वर्षका काण्डको फाइल खोलियोस्

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूबारे प्रश्न उठेपछि फाइल खोल्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

स्वर्णिम वाग्ले वौद्धिक भनेको एटिच्युडवाला रहेको उनले टिप्पणी गरे । मंगलवार प्रतिनिधि सभामा विनियोजक विधेयकमाथि अर्थमन्त्रालयमाथि खर्च कटौती प्रस्ताव  पेश गर्दै महरले ३५ वर्षका फाइल खोल्न चुनौती दिएका हुन् ।

‘अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर गरेको गम्भीर आरोप लागेको छ । विगतमा मन्त्रीमाथि प्रश्न उठ्दा जनार्दन शर्माले राजीनामा दिनुभएको थियो, गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो,’ महरले भने, ‘अहिलेकाले धम्काउँदै हुनुहुन्छ, फाइल खोल्ने भनेर । ३५ वर्षका काण्ड खोलियोस् । तर अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’

महरले यो बजेट कम्युनिस्टको होइन भन्ने अर्थमन्त्री वाग्लेलाई कम्युनिस्ट सरकारले शुरू गरेका सामाजिक सुरक्षा भत्ता कटाएर देखाउन चुनौती दिए ।

‘एकजना पूर्वप्रधानमन्त्रीलाई गाली शिरोमणिको आरोप लाग्ने गरेको थियो, अर्थमन्त्रीले यहाँ आफूलाई गाली शिरोमणिको रूपमा स्थापित गर्नुभएको छ,’ उनले भने, अरूलाई होच्याउने, अपमान गर्ने र विपक्षीलाई होच्याएर लोकतान्त्रिक संस्कृतिको हुर्मत लिने काम गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्