१० असार २०८३, बुधबार

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

असार ४, २०८३
काठमाडौं
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनी ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ ।

आक्रमणका कारण मस्कोस्थित विमानस्थलहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो ।

चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।

रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले रातभर विभिन्न क्षेत्रमा रहेका ५५५ युक्रेनी ड्रोनलाई खसालेको दाबी गरेको छ । मस्कोका मेयर सेर्गेइ सोब्यानिनले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको बताएका छन् ।

रुसी यातायात मन्त्रालयले मस्कोका चार विमानस्थलबाट हुने उडानहरू स्थगित गरिएको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग महत्वपूर्ण समन्वय बैठक गरेको र त्यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका केही घण्टापछि यो आक्रमण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्