
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शुरू भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार अपराह्न बैठक बसेको हो ।
रास्वपाको पहिलो महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदैछ । पार्टीको पहिलो महाधिवेशन अगाडिको यो अन्तिम सचिवालय बैठक हो ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशन अगाडिको अन्तिम सचिवालय बैठक भन्दै सचिवालय बैठकको तस्वीर शेयर गरेका छन् ।
'महाधिवेशन अगाडि अन्तिम सचिवालय बैठक !,' उनले लेखेका छन् ।
