
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भोलिबाट शुरू हुँदैछ ।
यही असार ९ गतेसम्म चितवनको भरतपुरमा चल्ने महाधिवेशन स्थललाई झकिझकाउ बनाइएको छ ।
महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार महाधिवेशनमा ४ हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।
सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ ।
तस्वीरहरू :









