![बालेन र रविले घण्टी बजाएर गरे महाधिवेशन उद्घाटन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabi_Balen_RSP_1_INBimSDPbT.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा दुवैले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका हुन् । त्यसक्रममा मञ्चमा उपस्थित अन्य अतिथिहरूलाई पनि घण्टी बजाउन लगाइएको थियो ।
नेपाली कांग्रेसका सभापति गगन थापालगायतलाई प्रधानमन्त्री बालेन आफैंले घण्टी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कांग्रेस सभापति गगन थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको सहभागिता रहेको छ ।
तस्वीरहरू :

















