१० असार २०८३, बुधबार

डिगो बन्यो सरकारबाट इजाजत पाउने पहिलो नेपाली ओटीटी सेवा प्रदायक

असार १०, २०८३
काठमाडौं
डिगो बन्यो सरकारबाट इजाजत पाउने पहिलो नेपाली ओटीटी सेवा प्रदायक

ओटीटी प्लाटफर्म डिगो सरकारबाट इजाजत पाउने नेपालको पहिलो ओटीटी सेवा प्रदायक बनेको छ । डिसहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित यो ओटीटीले सोमबार इजाजत पाएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

१ करोड दस्तुरसहित कागजी प्रक्रिया पुर्‍याएर डिगोले इजाजत पत्र बुझेको हो । नेट टिभी प्रालि र एनसेलले पनि इजाजतका लागि निवेदन दिएका छन् ।

ओटीटीलाई कानूनी दायरामा ल्याउने योजनासहित सरकारले हालै राष्ट्रिय प्रसारण नियमावलीको संसोधन राजपत्रमा प्रकाशित गरेको थियो । डिगोले अहिले फिफा विश्वकप २०२६ पनि लाइभ स्ट्रिमिङ गरिरहेको छ ।

यसबाहेक, यो ओटीटीले फिल्म, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ, खेलकुद, डकुमेन्ट्रीलगायत डिजिटल सामग्री पनि देखाउँदै आइरहेको छ ।

आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्