११ असार २०८३, बिहीबार
रास्वपा महाधिवेशन

८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने

असार १०, २०८३
चितवन
८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको  नाम र तस्वीर राखेर मतदान गराइने छ ।

null

मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरू खटिइरहेको उनले बताए । नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने उनको भनाइ छ । 

निर्वाचनमा ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ । 

मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्