११ असार २०८३, बिहीबार
फिफा विश्वकप–२०२६

दक्षिण अफ्रिकाले रच्यो इतिहास, कोरियालाई हराउँदै पहिलो पटक नकआउट चरणमा

असार ११, २०८३
काठमाडौं
दक्षिण अफ्रिकाले रच्यो इतिहास, कोरियालाई हराउँदै पहिलो पटक नकआउट चरणमा

विश्वकप अन्तर्गत समूह 'ए' को निर्णायक खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। 

मेक्सिकोको एस्टाडियो मोन्टेरेमा बिहीबार बिहान सम्पन्न रोमाञ्चक जितसँगै दक्षिण अफ्रिका आफ्नो विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दक्षिण अफ्रिकाले आक्रामक खेल प्रदर्शन गर्‍यो । खेलको ६३औँ मिनेटमा त्सेपाङ मोरेमीले मिलाइदिएको पासलाई सदुपयोग गर्दै थापेलो मासेकोले पेनाल्टी बक्सको केही बाहिरबाट उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाए।

 उनको प्रहार कोरियाली गोलकिपरलाई कुनै मौका नदिई पोस्टको तल्लो कुनामा छिरेको थियो।

एक गोलले पछि परेपछि दक्षिण कोरियाले खेलमा फर्कन निकै प्रयास गर्‍यो। कोरियाली स्टार सन ह्युङ-मिनले गोल गर्ने अवसर खोजे पनि दक्षिण अफ्रिकी डिफेन्डरहरूले उनलाई कडा मार्क गर्दै कुनै खाली ठाउँ दिएनन्। खेलको अन्तिम समयमा दक्षिण कोरियाले लगातार आक्रमण गरे पनि दक्षिण अफ्रिकाको बलियो रक्षापंक्ति तोड्न सकेन। दक्षिण अफ्रिकाले गति र स्पष्ट योजनाका साथ खेल्दै जितलाई सुरक्षित गर्‍यो।

समूह 'ए' कै अर्को खेलमा आयोजक मेक्सिकोले चेक गणतन्त्रलाई २–० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा स्थान पक्का गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्