
रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिम वाग्लेले सर्वाधिक मत पाएका छन् । नेपालमा भएको भोटिङमा उनले २६०७ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले बिहीबार राति पत्रकार सम्मेलन गरेर वाग्लेले सर्वाधिक मत पाएको जानकारी गराएको हो । प्रवासबाट प्राप्त मत यसमा जोड्नै बाँकी रहेको आयोगको भनाइ छ ।