
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग तत्कालै सहकार्य शुरू हुने बताएका छन् ।
विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
वामपन्थी शक्तिहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग पनि कुरा भइरहेको उनले बताए ।
महाधिवेशनमा अर्को क्रमभंग हुने उनले बताए । 'प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस् अब कस्तो हुन्छ,' उनले भने ।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए ।