![शपथलगत्तै वनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Raswapa_central_comitee_meeting_2_wg1gClTLts.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ ।
प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको हो ।
बुधबार नै केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथ थियो । शपथलगत्तै वनस्थलीस्थित घण्टीघरमा केन्द्रीय समिति बैठक बसेको रास्वपाले जनाएको छ ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ गते शुरू भई सहमतिको प्रयासका कारण निर्धारित समयभन्दा लम्बिँदै ६ दिनपछि सम्पन्न भएको थियो ।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने बाँकी ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

