२७ जेठ २०८३, बुधबार

को हुन् सातवटा प्रदेशका प्रमुख, यस्तो छ पृष्ठभूमि

को हुन् सातवटा प्रदेशका प्रमुख, यस्तो छ पृष्ठभूमि

काठमाडौं, ३ माघ– सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख तोकेको छ । अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले सात वटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको हो । 

यसक्रममा प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ र प्रदेश ३ मा अनुराधा कोइरालालाई सरकारले प्रदेश प्रमुख बनाएको छ । यसैगरी प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख बन्ने सम्भावना छ ।

झा र कायस्थबाहेक सबै कांग्रेसनिकट हुन्। झा खिलराज रेग्मी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए। उनी राजपाका महामन्त्रीसमेत हुन् । 

प्रदेश नम्बर दुईका प्रमुख कायस्थ संघीय समाजवादी फोरमका नेता हुन् । उनी सरकारका सचिवबाट अवकाश पाएका पूर्व कर्मचारी हुन् । उनी राष्ट्रिय योजना आयोगका सदस्य समेत थिए ।
यस्तै सीएनएन हिरोसमेत घोषित कोइराला माइती नेपालकी अध्यक्ष हुन् । 

चार नम्बर प्रदेशका प्रमुख कुँवर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए भने 

सात नम्बर प्रदेश प्रमुख मल्ल कांग्रेस महासमिति सदस्य हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्