×

NMB BANK
NIC ASIA

आमरण अनसनमा लक्ष्मण थारुः भन्छन्, ‘मर्न तयार छु तर पहिचान र अस्तित्व बेच्दैन’

फागुन १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

थरुहट/थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बिहीबादेखि आमरण अनसन थालेका छन्।

Muktinath Bank

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहितत ११ जना जेलबन्दीहरुको रिहाइ, ०७२ मा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग राख्दै उनले धनगढीमा आमरण अनसन सुरु गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँगै खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्ना पनि अनसनमा बसेका छन्। मोर्चाले थालेको आन्दोलनप्रति एक्येवद्धता जनाउँदै उनले अनसन थालेको जानकारी दिए। तर मोर्चा संग केही कार्यगत सहमति गर्न अझै बाँकी रहेको बताउँदै उनले २४ घण्टासम्म अनसनमै रहने जानकारी गराए। उनीहरुले बिहीबार बेलुका साढे ५ बजेदेखि अनसन सुरु गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

आमरण अनसनको घोषणा गर्दै मोर्चाका संयोजक थारुले भने, ‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ? कहिलेसम्म हामीलाई जेलमा राख्ने ? जेलमा हामीलाई किन राखिदैछ? किन हामीमाथि झुठ्ठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान?’ 

Vianet communication
Laxmi Bank

उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए।  उनले  भने, ‘यो अनसन बन्दुक बोकेर सुरु गरेको होइन। तर हामीलाई कसैले भन्दै छन्, चन्दाको लागि कुर्सीको लागि खेल गर्दैछ रे, सबैलाई चेतना होस् हामी मर्न तयार छौँ। किनकी हामीलाई ४२ महिना जेलमा सडाइयो। हामी सबै भोग्न तयार छौ, तर हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनाैँ अब ।’ 

मोर्चाको आन्दोलन तथा अनसनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्येवद्धता जनाएको बताएका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x