![शिवरात्रि बोलाउँदै पशुपति आइपुगे बाबाहरू [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Pashupati_Shivaratri_11_62L7dZ1siO.jpg)
हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि मेलाको तयारी र चहलपहल शुरू भएको छ ।
नेपालका विभिन्न स्थान र भारतबाट समेत बाबाहरू पशुपति आइपुग्ने क्रम शुरू भइसकेको छ ।
आगामी शुक्रवार परेको शिवरात्रिको तयारीका लागि मन्दिर परिसर सझाउने, मालाहरू टांग्ने र रंगरोगन गर्ने लगायतका कार्यहरू भइरहेको छ ।
बुधवार पशुपति मन्दिर परिसरमा पुग्दा तयारीका कामहरू धमाधम भइरहेको थियो ।
बाबाहरू पनि मन्दिर परिसरमा ठूलो संख्यामा देखिए ।
शिवरात्रिका दिन पशुपति पुगेर हजारौं भक्तजनले दर्शन तथा पूजाआजा गर्ने गर्छन् ।
हेर्नुहोस्, केही तस्वीरहरू :





















