१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, अनेरास्ववियूले गर्‍यो स्वास्थ्य लाभको कामना [तस्वीरसहित]

फागुन २१, २०७६
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी, अनेरास्ववियूले गर्‍यो स्वास्थ्य लाभको कामना [तस्वीरसहित]

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक आफ्नो मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ । 

अस्पताल परिसरनजिक नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दैै लामबद्ध भएका छन् ।

सामुहिक रूपमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूले गेट वेल सून पीएम ओली भन्ने प्लेकार्ड बोकेका छन् । 

काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थीहरूको बाक्लो सहभागीता रहेको उक्त कार्यक्रममा अन्य क्याम्पसबाट पनि विद्यार्थीहरू आउने क्रम जारी रहेको छ । 

हेर्नुहोस् तस्वीर

salt training

कमेन्ट गर्नुहोस्