वायु प्रदूषणका कारण विश्वमा वार्षिक ८८ लाख मान्छेको ज्यान जाने गरेको पाइएको छ। यो संख्या युद्ध, एचआईभी र धूम्रपानका कारण हुने मृत्युभन्दा पनि बढी हो।
वायु प्रदूषणकै कारण मान्छेको औसत आयु पनि ३ वर्षले घटिरहेको छ।
जर्मनीका शोधकर्ताहरुको नेतृत्वमा भएको अध्ययनले यस्तो चेतावनी दिएको हो।
अध्ययनमा भनिएको छ कि प्रदूषणयुक्त हावामा श्वास लिँदा कम उमेरमै ज्यान जाने गरेको छ।