कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
चैत २, २०७६
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ सँग जुध्न प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई प्रत्येक प्रदेशमा आइसोलेसन बेड र परीक्षण ल्याब बनाउन आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातवटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर छलफल गरेका थिए ।
पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत हुन् । करीब ३ घण्टा चलेको बैठकमा कोरोनासँग लड्ने पूर्वतयारीका सन्दर्भमा छलफल भएको थियो ।
छलफलमा प्रदेशबाट प्रतिनिधत्व गर्दै आएका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरूले सबै प्रदेशमा आइसोलेसन वार्डसहितका अस्पताल बनाउन र अहिले काठमाडौँमा मात्र रहेको कोरोना परीक्षण ल्याब सबै प्रदेशमा स्थापना गर्न संघ सरकारले समन्वय गर्नुपर्ने सुझाव दिए ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले संघ सरकारसँग प्रदेशलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्ने माग गरेको बताए ।
'कोरोना जाँचका लागि प्रदेश स्तरमा ल्याब बनाउने र आइसोलेसन वार्ड थप्न केन्द्र सरकारबाट हामीले सहयोग र समन्वय मागेका छौं,' बरालले भने, 'यसका लागि प्रदेशले तयारी गर्ने र केन्द्रले आवश्यक सहयोग गर्ने कुरा उठ्यो ।'
बरालले आवश्यक नाकाहरू प्रदेश सरकारले सील गर्ने कुरा उठेको बताए । उपप्रधानमन्त्री पोखरेलले बजेटको अभाव नभएको भन्दै प्रदेशले आफ्नो तयारी थाल्न सुझाव दिएको लोकान्तरसँग बरालले बताए ।
पोखरेलले आज भएको छलफलका मुख्य विषयहरूलाई भोलि बस्ने समन्वय समितिको बैठकमा पेश गर्ने बताएका थिए ।
'भोलि संयन्त्रको बैठकमा आजका सुझावहरू पेश हुन्छन्, आवश्यक सबै निर्णय गरिन्छ,' पोखरेलको भनाई उदृत गर्दै बरालले भने ।
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि आफ्ना प्रदेशमा गरिएका पूर्वतयारीका बारेमा ब्रिफिङ दिएका थिए ।
विश्वका डेढ सय देशमा हालसम्म करीब डेढ लाख मानिसहरूमा कोभिड १९ को संक्रमण देखिएको छ भने आधाआधी बिरामी निको भएर फर्किसकेका छन् । अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ ।
चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको चिनियाँ स्वास्थ्य विभागले दाबी गरेको छ भने अहिले युरोपका कतिपय देश र अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।
छिमेकी देश भारतमै पनि पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढेको छ ।
नेपालमा माघको तेस्रो सातामा एकजनामा संक्रमण देखिएको थियो तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । करीब ५ सय जनाको परीक्षण गरिएको भएता पनि हालसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति भने निरन्तर बैठक बसेर नयाँ नयाँ रणनीति तय गर्न व्यस्त देखिएको छ । प्रत्येक दिन जसो बैठक बसेर केही न केही निर्णय गरिरहेको समन्वय समितिको अनुगमनको काम भने फितलो रहेको आरोप लाग्दै आइरहेको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...