१९ असार २०८३, शुक्रबार

कोरोनाको आशंकामा बुटवलमा उपचाररत एक व्यक्तिको मृत्यु, १० दिनअघि आएका थिए युएईबाट

चैत १६, २०७६
कोरोनाको आशंकामा बुटवलमा उपचाररत एक व्यक्तिको मृत्यु, १० दिनअघि आएका थिए युएईबाट

रूपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ ।

रूपन्देहीको सैनामैना– ४ का ३४ वर्ष पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि आइतबार नमूना समेत लिइएको थियो ।

कोरोनाको परीक्षण नहुँदै उनको मृत्यु भएको बताइएको छ । उनी चैत ६ गते युएईबाट घर आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्