११ साउन २०८३, सोमबार

‘साइरन’भएका गाडी छोडेर साइकलमा अफिस जान्छन् यी प्रधानमन्त्री

कात्तिक २०, २०७४
‘साइरन’भएका गाडी छोडेर साइकलमा अफिस जान्छन् यी प्रधानमन्त्री
जब भारत सरकारले भीआईपीको गाडीहरुमा साइरन(रातो बत्ती) हटाउने निर्णय ग¥यो धेरैले यसको स्वागत गरे ।
केन्द्रीय मन्त्री नितिन गडकरीले त मन्त्रिमण्डल बैठक समाप्त हुनासाथ आफ्नो गाडीबाट रातो बत्ती हटाएका थिए ।

धेरै मानिसलाई जानकारी छैन होला, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रेते वर्षौदेखि आफ्नो घरबाट कार्यालससम्म साइकलमा जाने गरेका छन् ।
नेदरल्याण्ड विश्वका धनी देशहरुमध्ये एक हो र कुल घरेलु उत्पादनको क्षेत्रमा विश्वमा १६ औं स्थानमा रहेको छ । रेते आफ्नो देशमा मात्र होइन उनी विदेश भ्रमणमा जाँदा समेत साइकलमा हिड्न भरमजदुर प्रयास गर्छन् ।

पछिल्लो वर्ष जस उनी इजराइल भ्रमणमा गए तव मानिसहरु उनलाई देखेर छक्क परे किनकी उनी आफू बसेको होटलबार वार्तास्थलसम्म एक साइकलमा गएका थिए ।

चार वर्ष पहिला जब नेदरल्याण्डका नयाँ राजा विलेम एलेक्जेन्डरले कार्यभार सम्हाले तब शाही दम्पत्तिलाई कयौं पटक औपचारिक समारोहमा साइकलमा गएका देखिएको थियो ।

अर्को यूरोपीय देश स्वीडेनका प्रधानमन्त्री ओलेफ पामलाई त्यस समय हत्यागरिएको थियो जब उनी फेब्रुअरी १९८६ मा फिल्म हलबाट शो हेरेर पैदल आफ्नो घर फर्कदै गरेका थिए ।
यस घटनाको १७ वर्षपछि ११ सेप्टेम्बर २००३ मा स्वीडेनका विदेश मन्त्री आना लिण्डमाथि एक डिपार्टमेन्ट स्टोरमा सामान किन्न गएको समयमा एक व्यक्तिको चक्कुप्रहार बाट मृत्यु भयो । तर यसपछि महत्वपूर्ण व्यक्तिको सुरक्षाका लागि कुनै व्यवस्था गरिएको छैन ।

विश्वको सवैभन्दा शक्तिशाली देश अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको क्रममा कयौंपटक वाशिंगटन र अन्य शहरका प्रमुख रेस्टुरेन्टमा परिवारका साथ खाना खाँदै गरेका देखिएका थिए ।

आफ्नो भियतनाम भ्रमणका क्रममा ओवामाले आफ्नो गाडीको लस्कर लगेनन् र उनले त्यहाँको एक मामूली रेस्टुरेन्टमा प्लास्टिकको स्टूलमा बसेर त्यहाँको चर्चित खाना बन शा को स्वाद लिएका थिए ।
के यस बारेमा तपाई कल्पना गर्न सक्नु हुन्छ की नेपाल/भारतका राष्ट्रपति या प्रधानमन्त्री कुनै रेस्टुरेन्टमा प्लास्टिकको टुलमा बसेर पारिवारिक भोजन गर्न सकुन् ।

भारतमा पनि भीआइपी कल्चरको विकास पछिल्ला केही प्रधानमन्त्रीको पालादेखि मात्र भएको हो । भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुका साथ कुनै लावालस्कर थिएन । उनी मोटरसाइकलमा यात्रा गर्थे ।

तर पछिल्ला दिनमा भारतमा कुल भिआइपीको संख्या पाँच लाख ७९ हजार भन्दा धेरै छ । जबकी बेलायमा ८४, फ्रान्समा १०९ चीनमा मात्र ४२५ रहेका छन् । नेपालमा नेताहरु, न्यायाधीश, सैनिक अधिकारलगायतका करिब एक ५० भीआइपीहरु साइरन जडित सवारीमा कुद्छन् ।

भारतमा भने राजनेता, नोकरशाह, न्यायाधीश, सैनिक अधिकारी, फिल्मी कलाकारले भीआईपी स्टाटस पाउने होडमा सहभागी छन् ।

केही दिन अघि बेलायतका तत्कालिन प्रधानमन्त्री टोनी व्लेयरको कार लण्डनको ट्राफिक लाइटमा रोकिएको थिया र हरियो बत्ति बलेपछि मात्र त्यहाँबाट पार भयो ।
प्रधानमन्त्री बनेको पहिलो दिन एक व्यक्तिले व्लेयरको घरको ढोका ढकढक्याए । जब व्लेयरकी पत्नी चेरीले आफै ढोका खोलिन् सयौैं टेलिभिजन क्यामेराले उक्त दृश्य कैद गरे ।

यस्ता कयौं देशहरु छन् जहाँ राज्य हाक्ने प्रमुख स्थानमा पुग्दासमेत सामान्य जीवनयापन गर्ने गरिएको छ । तर हाम्रो देशमा भने एक पटक पदमा आशिन भएकाहरुले राज्यकोषको चरम दोहन गरेका छन् ।

वर्तमान प्रधानमन्त्री, मन्त्रीहरु त के पूर्व प्रधानमन्त्री, मन्त्रीहरुलेसमेत भीआईपीको सेवा सुविधा लिँदै आइरहेका छन् । जसले राज्य कोषमा क्षति त भएको नै छ उनीहरु जनताका दैनिकी, सम्बन्ध, पीडाबाट समेत टाढा भएका छन् ।

बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्