बाहुबली २ को रिलिजको प्रतिक्षामा फिल्मका फ्यानहरु रहेका छन् । सामाजिक सञ्जालमा पनि फ्यानहरु फिल्म प्रति आतुर भएको जनाइरहेका छन् ।
फिल्मको ट्रेलर अहिलेसम्म दस करोड भन्दा धेरैले हेरिसकेका छन् यसैबीच फिल्म निर्माताले बाहुबली २ को नयाँ गीत साहोरे बाहुबलीको भिडियो प्रोमो सार्वजनिक गरेको छ ।
यस गीत रिलिज भएको केही समयमा नै सामाजिक सञ्जालमा धूम मच्चाएको जनाएको छ । तर यो गीत तेलुगू भाषामा रिलिज गरिएको छ ।
मेहन्दीको गीतमा एमएम कीरावाणी तथा मौनीमा ले आफ्नो आवाज दिएका हुन् । ३० सेकेण्ड लामो भिडियोको प्रोमोलाई मानिसहरुले मन पराएका छन् । प्रोमोमा प्रभास शानदार देखिएका छन् ।