०८ साउन २०८३, शुक्रबार

भारतबाट फर्केकालाई प्रवेश दिन माग गर्दै पुनर्वासमा प्रदर्शन

बैशाख १९, २०७७
भारतबाट फर्केकालाई प्रवेश दिन माग गर्दै पुनर्वासमा प्रदर्शन

जारी लकडाउनको अवज्ञा गर्दै कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा प्रदर्शन भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट फिर्ता गराइएका नेपाली नागरिकलाई स्वदेश आउन दिनुपर्ने भन्दै शुक्रबार पुनर्वास नगरपालिका– ९ स्थित बीचफाँटाका स्थानीयले प्रदर्शन गरेका हुन् ।

स्थानीयहरूले प्रदर्शन गर्नुका साथै वडाध्यक्ष नारायणप्रसाद जैशीलाई घेराउ समेत गरेको स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले जानकारी दिए ।

बिहीवार भारतको गुजरातबाट नेपाल फर्कन लागेका २ नाबालक सहित ७ जनालाई प्रहरीले सीमाबाटै फिर्ता पठाएपछि उनका आफन्त सहितका स्थानीयले गाउँ फर्कन दिनुपर्ने भन्दै प्रदर्शनमा उत्रेका हुन् ।

झन्डै डेढघण्टा वडाध्यक्षलाई घेरेका प्रदर्शनकारीसहित स्थानीय भीडलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले तितरबितर पारेको थियो । 

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी सीमामा कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णनन्द जोशीले सीमा क्षेत्रमा कडाइ गरिएको बताउँदै भारतबाट फर्किएकाहरूबारे आफूहरूलाई जानकारी नभएको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्