१२ साउन २०८३, मंगलबार

माछा मार्न गएका बालकको खोलामा डुबेर मृत्यु

बैशाख २०, २०७७
माछा मार्न गएका बालकको खोलामा डुबेर मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

लकडाउनका समयमा माछा मार्न गएका एक बालकको शनिबार प्युठानको माडी खोलामा डुबेर मृत्यु भएको छ।

माछा मार्नका लागि साथीसँगै खोलामा गएका स्वर्गद्वारी नगरपालिका – ३ बाटुलेका १० वर्षीय आरजु खत्रीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ। 

खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको   इलाका प्रहरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्