१२ साउन २०८३, मंगलबार

पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

साउन १२, २०८३
बुटवल
पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

पाल्पामा गएराति टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

पाल्पा-गुल्मी सडक खण्डअन्तर्गत हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिप्पर अनियन्त्रित भई तानसेन नगरपालिका–१२ गाइघाटमा दुर्घटना हुँदा सहचालक बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको हो । 

दुर्घटनामा चालक सोही ठाउँका २७ वर्षका मिनबहादुर कुमाल घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले दुर्घटनामा गम्भीर घाइते केसीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । 

चालकको अवस्था भने सामान्य छ ।

salt training

कमेन्ट गर्नुहोस्